आयशाको यो रुपले धेरैलाई तर्सायो, डरलाग्यो भन्दै यसरी गरे ट्रोल !

एजेन्सी – बलिउड चलचित्र ‘वान्टेड’बाट चर्चामा आएकी अभिनेत्री आयशा टाकिया लामो समय देखि चलचित्र क्षेत्रबाट पलायन छिन्। उनी चलचित्रमा देखानपरेको कयौं वर्ष भइसक्यो। चलचित्र र अभिनय देखि टाडा रहेपनि उनी सामाजिक संजाल मर्फत आफ्ना प्रशंसक माझ जोडिने कोशिस गर्छिन्। नियमित जस्तो तस्विर तथा भिडियो सामाजिक संजालमा अपलोड गर्ने उनी ट्रोलर्सको निशाना पनि पर्ने गरेकी छन्।

केहि दिन अगाडी मात्र उनले केहि तस्विर र केहि भिडियो सार्वजनिक गरेकी थिइन्। ती तस्विर र भिडियोका कारण आयशा एक पटक पुनः ट्रोल भएकी छन्।

सार्वजनिक भिडियो र तस्विरमा आयशा हरियो रङको कुर्तामा देखिएकी छन्। आयशाको ओठ र अनुहार केहि फेरिएको देकिएको छ। त्यससम्बन्धमा धेरैले विभिन्न प्रकारका टिका-टिप्पणी गरेका छन्। केहि सामाजिक संजाल प्रयोगकर्ताहरु आयशाले दोर्याएर ओठको सर्जरी गरेको अनुमान लगाइरहेका छन्।

पटक-पटक ओठको सर्जरी गराएकोमा आयशाको आलोचना गर्दै आयशा पहिलै राम्री थिइन् भन्दै धेरैले टिप्पणी गरेका छन्। एक सामाजिक संजाल प्रयोगकर्ता आयशाको भिडियोमा टिप्पणी गर्दै लेख्छन्,”छ्या।।। के गरेको यस्तो ?” अर्का एक व्यक्ति लेख्छन्,”पहिला नै अनुहार राम्रो थियो त, किन यसरी बिगार्नुभयो?”

आयशाको उक्त भिडियोमा प्रतिक्रिया जनाउने धेरैले अनुहारबाट सिलिकन हटाउन सुझाव दिएका छन्। सर्जरीले आयशालाई धेरै नै कुरूप बनाएको र डरलाग्दो देखिएको धेरैको टिप्पणी छ।

प्रकाशित : सोमबार, साउन ०४, २०७८१२:५३

गर्भावस्थाको अन्तिम पलमा प्रियंका, नयाँ मान्छेलाई स्वागत गर्न आतूर ! [तस्विर सहित]