“ब्यालुन डी ओरका प्रमुख हकदार मेस्सी हो, उनी सधै एक नम्बर हुन्”

बार्सिलोनाका मुख्य प्रशिक्षक रोनाल्डो कोमनले पूर्व क्लब कप्तान लियोनल मेस्सी यस वर्षको ब्यालुन डी ओर अवार्ड जित्नको लागि प्रमुख दाबेदार रहेको बताएका छन्। २०२० मा कोरोना माहामारीको कारण रद्द भएको उक्त अवार्ड यस वर्ष भने कसले प्राप्त गर्नेछ भन्ने चर्चा रहेको छ।

यस्तोमा पूर्व डच प्रशिक्षक कोमनको नजरमा कोपा अमेरिका विजेता मेस्सी नै सातौं पटक ब्यालुन डी ओर जित्नको लागि सबैभन्दा हकदार खेलाडी रहेका छन्। यसअघि २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा गरी कुल ६ पटक मेस्सीले यो अवार्ड हात पारिसकेका छन्। ३४ वर्षीय स्ट्राइकरले गत हप्ता मात्र आफ्नो करियरको पहिलो अन्तराष्ट्रिय उपाधि जित्न सफल भएका थिए।

अर्जेन्टिनाको उपाधि यात्रामा प्रमुख भूमिका खेलेका मेस्सीको लागि यो वर्ष क्लब स्तरमा पनि व्यक्तिगत रुपमा निकै सफल रह्यो। बार्सिलोनाले कोपा डेल रे उपाधि मात्र जिते पनि मेस्सीको व्यक्तिगत तथ्यांक भने निकै उत्कृष्ट रहेको थियो। गत जुन ३० बाट बार्सिलोनासंगको सम्झौता अन्त्य भएसंगै उनी अहिले फ्री-एजेन्ट रहेका छन्।

क्लबको आधिकारिक वेबसाइटमा बोल्दै कोमनले भने,”उनी निकै महत्वपूर्ण छन्। उनी क्लबका कप्तान हुन् र सबैका लागि उदाहरण पनि। कठिन सिजनमा पनि उनको गोलको संख्या हेर्ने हो भने निकै आकर्षक छ।” पूर्व बार्सिलोना कप्तानले सधै आफ्नो देशका लागि उपाधि जित्न चाहेको जुन अहिले आएको पूरा भएकोमा पनि कोमनले खुसी व्यक्त गरे।

“उनी धेरै पटक प्रमाणित गरेका छन् कि उनी विश्वकै सर्वश्रेष्ठ खेलाडी हुन्। निकै उत्कृष्ट सिजन पनि मेस्सी ब्यालुन डी ओर अवार्डका लागि प्रमुख दबेदार हुन् र मेरो लागि उनी नै एक नम्बर हुन्,” कोमनले भने।

प्रकाशित : सोमबार, साउन ०४, २०७८१२:३५

मेस्सी पीएसजी आउनु एक सपना थियो, तर निराशामा बदलियो: पाराडेस