ओलीले भने – ‘देउवा सरकार टालाटुली बटुली कति राम्री पुतली जस्तै हो’

काठमाडौँ – निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकार कवाडीका भाँडाकुँडा बटुलेर बनाएको टालटुले सरकार भएको बताएका छन्।

सोमबार ललितपुरको च्यासलमा नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा बोल्नेक्रममा ओलीले देउवा नेतृत्वमा रहेको सरकार कवाडीको रिसाइकलबाट भाँडाकुँडा बटुलेर बनेको बताएका हुन्। ओलीले देउवा सरकार कवाडीको रिसाइलकबाट भाँडाकुँडा बटुलेर बनेको टालाटुली बटुली कति राम्री पुतली भने जस्तै रहेको टिप्पणी गरे।

ओलीले भने,”देउवाले लिएको विश्वासको मत कवाडीको रिसाइकलबाट भाँडाकुँडा बटुलेर बनेको टालाटुली बटुली, कति राम्री पुतली भन्ने खालेको हो।”

त्यस्तै ओलीले नयाँ सरकारबाट जनविरोधी काम हुने भन्दै चिन्ता पनि व्यक्त गरेका छन्। देउवा सरकार अब आफूहरु विरुद्ध खनिने ओलीले बताए। सत्ताको दुरुपयोग गरेर आफूहरुमाथि हमला हुन सक्ने ओलीको दावी छ।

“अब सत्ताको दुरुपयोग गरेर हामीमाथि हमला सुरु गर्छन्। जनविरोधी काम सुरु गर्छन्। हाम्रो पंक्तिमाथि सम्भाव्य षड्यन्त्र र आक्रमण अनुमान गरेका छौँ।”,ओलीले भने। एमाले जनताको अपार समर्थन भएको पार्टी रहेको कुरामा सबैले ध्यान दिनु पर्ने ओलीको भनाई छ।

प्रकाशित : सोमबार, साउन ०४, २०७८१४:५५

देउवालाई विश्वासको मत दिने २२ सांसद माथि कारवाही हुने !