पछिल्लो २४ घण्टामा थप २ हजार ४४५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ६ लाख ६८ हजार ७५१ पुगेको छ भने एन्टिजेन विधिबाट ४९ हजार ७४३ जनामा संक्रमण पुष्टि भएको छ।
थप ७ हजार ८३३ जनाको पिसिआर परीक्षण तथा ३ हजार ८३१ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट १ हजार ६४२ तथा एन्टिजेनबाट ८०३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या ३४ लाख ७७ हजार ५१८ जना पुगेको छ । हालसम्म ६ लाख ३३ हजार ३३२ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर १ हजार २५८ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९४ दशमलप ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण ३२ जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या ९ हजार ५८२ पुगेको छ।

