आज हरिशयनी एकादशी, कुन-कुन राशिलाई शुभ ? हेर्नुहोस् दैनिक राशिफल !

काठमाडौँ, प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारि चार महिनासम्म गरिने विशेष पूजा आराधना मंगलबार शुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले यस दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन्। भगवान् विष्णु शयन गर्ने  चार महिनालाई चतुर्मासा पनि भनिन्छ ।

एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् ।

हरिशयनी एकादशीका अवसरमा बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्ने गरेकामा कोरोनाका कारण मन्दिर बन्द गरिएको छ । भगवान् नारायणका मुख्य मुख्य मन्दिर बन्द गरिएपनि विभिन्न स्थानमा छरिएर रहेको मन्दिरमा भने भक्तजनको भीड लाग्छ ।

कोरोना जोखिमका कारण मानिस मन्दिर जान सक्ने अवस्था नभएपनि कतिपय स्थानमा दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर भक्तजन जम्मा हुन्छन् । धेरैजसो मन्दिर पनि आम मानिसलाई दर्शन एवं पूजा लागि बन्द गरिएको छ । ती मन्दिरमा नित्य पूजा आराधना मात्र हुने गरेको छ । एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडो लगायत फलाहार गर्ने गरिन्छ ।

वैज्ञानिक रुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रुपमा प्रयोग गरिन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वास गरिन्छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता छ । तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्य वैज्ञानिक रुपमा पुष्टि भएको छ ।

चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ । तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापनका लागि हवनसमेत गरिन्छ ।

कोरोनाबाट बच्न मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न पनि तुलसीलगायत जडिबुटीले काम गर्ने जनाइएको छ । गत वर्षदेखि सिंहदरबार वैद्यखाना विकास समितिले बनाएको तुलसी चियाको माग बजार बढेको छ । यी तथ्यले तुलसीको महत्व स्पष्ट पार्छ ।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

आध्यात्मिक दृष्टिले तपाइको आजको दिन अनौठी अनुभूति गर्नु हुनेछ । पढाइमा मन जानेछ। बोलीमा संयमता राख्नुहोला । नायाँ कामको थालनी नगर्नु होला । बसाई सराइको लागि समय उचित रहेको छैन । साझको समयमा शुभ समाचार मिल्नेछ । आध्यात्मिक सिद्धि मिल्ने योग छ ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

पारिवारिक शुख अनुभव गर्नु हुनेछ । परिवार तथा आफन्तहरु सँग रमाइलो समय बित्नुको साथै मिठो भोजन हुनेछ । छोटो रमाइलो यात्रा हुनेछ । विदेश बाट शुभ समाचार मिल्नाले मन खुशी हुनेछ। आकस्मिक धन लाभ हुनेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

दिन शुभ फलदाहि हुनेछ । शान्ति तथा आनन्दको वातावरण हुनेछ। अधुरा कार्य सम्पन हुनेछन् । आर्थिक लाभ हुनेछ। खर्च बढ्न सक्छ । तर खर्च बेकार हुनेछैन । स्वास्थ्य राम्रो हुनेछ । रिश बढ्न सक्छ । बोलीमा संयमता राख्नु होला ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

आजको दिन शान्ति पूर्ण बित्नेछ। जसको कारण तपाइ शारीरिक तथा मानशिक रुपमा अस्वस्थ अनुभव गर्नुहुनेछ। पेट सम्बन्धि समस्याले सताउन सक्छ । अचल सम्पति तथा वाहनको समस्याले सताउन सक्छ । दिउसोको पछि तपाई खुशी अनुभव गर्नुहुनेछ। आकस्मिक खर्च बढ्न सक्छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

छोटो यात्रा हुनेछ। विदेशीहरूले राम्रो समाचार पाउनेछन्। धन लाभ हुनेछ। नयाँ कामको थालनी गर्नको लागि राम्रो समय राम्रो छ। मध्यान्न पछी तपाइ सहनशील हुनुहुनेछ। मानशिक हतास हुनेछ । शारीरिक स्वास्थ्यमा समस्या आउन सक्छ। पारिवारिक तथा जमिन सँग सम्बन्धित समस्याले सताउन सक्छ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

मानशिक अस्थिर र अस्वस्थ अनुभव गर्नु हुनेछ । परिवारक सदस्य सँग बेकारको विवाद हुन सक्छ। बोलीमा संयमता राख्नुहोला । अन्यथा मन दुख्न सक्छ। शारीरिक तथा मानिशिक स्वास्थ्यको चिन्ता बढ्ने छ । सरकारी तथा अचल सम्पतिमा लगानी गर्दा बिशेस ध्यान दिनुहोला ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

तपाइको मनोबल कम्जोर हुनेछ । तेसैले कुनै निर्णय लिनको लागि कठिन हुनसक्छ । महत्वोपूर्ण बिषयमा निर्णय नलिनु होला । परिवारमा विवाद बढ्न सक्ने हुँदा बोलीमा बिशेस ध्यान दिनुहोला। जिद्धि पनलाई कम गर्नु होला। जसले बिभिन् समस्या बाट बचाउछ ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

तापको समय शुभ रहेको छ। शारीरिक तथा मानिशिक स्वास्थ्य राम्रो हुनेछ। परिवार सँग आनन्दमय समय बित्नेछ । आफन्त बाट उपहार तथा दक्षिणा मिल्न सक्छ। शुभ समाचार मिल्ने छ । रमाइलो यात्रा हुनेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

बिभिन्न समस्याको सामना गर्न पर्ने हुनसक्छ। परिवारका सदस्य सँग विवाद हुन सक्छ । दुख बढ्न सक्छ ।अधुरा कार्य पुरा हुनेछन्। आर्थिक लाभ हुनेछ । खर्च बढ्न सक्छ।तर खर्च ब्यर्थ हुने छैन। स्वास्थ्य राम्रो हुनेछ ।स्वभावमा रिश बढ्ने छ ।बोलीमा संयमता राख्नु होला।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

आफन्त तथा साथीगरु संगको भेटले मन खुशी हुनेछ । घरमा शान्ति तथा आनन्दको वातावरण हुनेछ । अधुरा कार्य पुरा हुनेछन् । सामाजिक क्षेत्र तथा व्यापारिक क्षेत्रमा लभ मिल्नेछ । जीवन साथीको खोजीमा रहेका हरुलाइ सरलतापूर्ण सफलता मिल्नेछ। रमाइलो यात्रा हुनसक्छ। घरमा केहि शुभ कार्य हुनेछ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

आजको दिन तपाइको शुभ फलादाही हुनेछ । तपाइको हरेक कार्यमा सफलता प्राप्त हुनेछ । मन खुशी हुनेछ । उच्चअधिकारी प्रसन्न हुदा पद पढ्ने योग छ । धन प्राप्तिको योग बनेको छ । दाम्पत्य जीवनमा शुख शान्ति छाउने छ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

मानसिक चिन्ता को कारण तनाब बढ्न सक्छ । शरिरमा थकान र आलस्यता अनुभव गर्नु हुनेछ। सन्तानको चिन्ता बढ्न सक्छ । महत्वोपूर्ण निर्णय नलिनु होला । व्यापारमा बाधा हुन सक्छ । नकारात्मकतालाई महत्त्व नदिनु होला ।

प्रकाशित : सोमबार, साउन ०४, २०७८२३:५९

भोलि साउन ६ गते बुधबार, कुन-कुन राशिलाई शुभ ? हेर्नुहोस् दैनिक राशिफल !