यी हुन् फुटबल इतिहासमा जर्सी नम्बर १० लगाउने टप ५ खेलाडी !

फुटबल इतिहासमा जर्सी नम्बर १० जस्तो प्रसिद्ध र आइकनिक नम्बर सायद नै होला। विशेषगरी टोलीको प्रमुख प्ले-मेकरले लगाउने यो जर्सी नम्बर फुटबल जगतमा थुप्रै निकै उत्कृष्ट खेलाडी लगाएका छन्। जर्सी नम्बर १० ले त्यो खेलाडीलाई संकेत गर्छ जसले एक टोलीको मिडफिल्ड र आक्रमण पंक्तिलाई जोड्ने गर्छ र प्रशस्त मात्रामा गोल पनि गर्ने गर्छ। फुटबल इतिहासमा थुप्रै आइकनिक खेलाडीहरुले यो नम्बरको जर्सी लगाएका छन्। आज हामी ती मध्ये सबैभन्दा प्रसिद्ध ५ खेलाडीका बारेमा बताउँछौं।

५. रोनाल्डिन्हो 

ब्राजिलियन दिग्गज रोनाल्डिन्होले सायद आफ्नो कला र क्षमताको कारण नम्बर १० जर्सीलाई नयाँ अर्थ पनि दिएका छन्। उनको अविश्वसनीय कला र मीठो मुस्कान हेरक एक समर्थकको मन जित्न सफल थियो। उनले आफ्नो करियरको प्राय: समय १० नम्बर जर्सी लगाएर खेले। तर उनको सबैभन्दा जादुमय खेल भने बार्सिलोनामा रहँदा फुटबल जगतले देख्न पायो। बार्सिलोनाको जर्सीमा उनले २०७ खेलमा ९८ गोल गर्न सफल भए।

४. जिनेदान जिदान 

जिदानले क्लब फुटबलमा कहिल्यै पनि जर्सी नम्बर १० लगाएनन्। तर उनले फ्रान्सको राष्ट्रिय टोलीबाट खेल्दा १० नम्बर जर्सी लगाएर खेल्ने गर्थे। उनले १९९८ मा फ्रान्सलाई विश्व विजेता बनाउन प्रमुख भूमिका खेल्नुका साथै २००० को युरिपियन च्याम्पियन हुँदा पनि जिदान प्रतियोगिताका बेस्ट प्लेयर घोषित भएका थिए।

३. डिएगो म्याराडोना 

म्याराडोना आफ्नो पुस्ताका सर्वोत्कृष्ट खेलाडी हुन् भन्नेमा कुनै दुई मत छैन। उनी पेलेको सच्चा उत्तराधिकारी पनि थिए। उनले आफ्नो टोलीलाई दुई पटक विश्वकपको फाइनलमा पुर्याए जसमा १८८६ मा विजेता पनि बन्न सफल भए। क्लब स्तरमा बार्सिलोनामा सफल सिजनपछि उनी न्यापोलीसँग अनुबन्ध भए र एकल रूपमा न्यापोलीलाई सरी-ए च्याम्पियन बनाउन सफल भए।

२. लियोनल मेस्सी 

पछिल्लो दशकमा जर्सी नम्बर १० को अर्थ नै मेस्सी जस्तो भएको छ। केहि फुटबल समर्थकले त मेस्सीको सन्यासपछि अर्जेन्टिना र बार्सिलोनाले जर्सी नम्बर १० कुनै पनि खेलाडीलाई लगाउन दिन नहुने पनि बताएका छन्। २००८ मा पहिलो पटक नम्बर १० भएको जर्सी लगाएका मेस्सीले त्यसपछि उक्त जर्सीमा फुटबल समर्थकलाई थुप्रै अविष्मरणीय पल दिएका छन्।

१. पेले

फुटबललाई विश्वव्यापी खेल बनाउनको लागि सबैभन्दा ठूलो योगदान पेलेको रहेको छ। पूर्ण फरवार्डको संज्ञा पाएका पेलेले टिनएजरको रूपमा १९५८ को विश्वकप उपाधि जित्न सफल भएका थिए। उनले उक्त फाइनलमा गोल समेत गरेका थिए। उनले १९६२ मा पनि विश्वकप जितेका थिए भने १९७० मा रेकर्ड ३ पटक विश्व विजेता बन्न सफल भए।

प्रकाशित : मङ्गलबार, साउन ०५, २०७८१०:३२

झुपडीमा बाल्यकाल बिताउन बाध्य यी फुटबल स्टार अहिले छन् अरबौंको मालिक !