प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्यस्थिति बुझ्न प्रधानमन्त्री देउवा प्रचण्ड निवासमा

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगेका छन् ।

प्रधानमन्त्री देउवा अध्यक्ष दाहाल पत्नी सीता दाहालको स्वास्थ्यस्थिति बुझ्न केहीबेर अघि खुमलटार पुगेका हुन् । पार्किन्सन् रोगका कारण लामो समयदेखि उनी अस्वस्थ छिन्।

अध्यक्ष दाहालका प्रेस विज्ञ विष्णु सापकोटाका अनुसार प्रधानमन्त्रीले पहिल्यैदेखि सीता दाहालको स्वास्थ्य अवस्थाको बारेमा बुझ्न खोज्दै थिए , सोही क्रममा आज खुमलटार पुगेका हुन् ।

प्रकाशित : मङ्गलबार, साउन ०५, २०७८१८:०२

देउवाले कानून विपरित निर्णय गरेको गगनको खुलासा !