सरप्राइज ट्रान्सफर – बार्सिलोनामा पोग्बा !

एजेन्सी – बार्सिलोनाका नयाँ अध्यक्ष जोआन लापोर्टा बार्सिलोनालाई बलियो बनाउने अभियानमा छन्। क्लबमा खासै प्रयोग नभएका खेलाडीहरुलाई हटाएर बार्सिलोनाको टोलीलाई नयाँ रुप दिने उनको योजना रहेको छ। त्यसका लागि उनले विभिन्न खेलाडीलाई बिक्री गर्ने देखि साटफेर गर्ने सम्मका प्रयासहरु गरिरहेका छन्।

स्पेनिस मिडियाहरुका अनुसार उनी लियोनेल मेस्सी क्लबमा पुनः अनुबन्ध गर्न बार्सिलोना फेरिएको छ र बलियो भएको छ भन्ने प्रमाणित गर्न चाहन्छन्। उनी आफैंले पनि मेस्सी प्रति आफ्नो प्रेम दर्साइसेको अवस्था छ।

पछिल्लो एक खबरका अनुसार लापोर्टाले म्यानचेस्टर युनाइटेडका पल पोग्बा माथि नजर राखेका छन्। स्पेनिस मिडियाहरुका अनुसार उनी क्लबमा पोग्बालाई भित्र्याउन चाहन्छन्। त्यसको लागि उनले साटफेर सम्मको योजना बनाएको बताइन्छ।

कोरोना भाइरसको महामारीका कारण अहिले बार्सिलोना चरम आर्थिक समस्यामा छ। आर्थिक समस्याकै कारण बार्सिलोनाले सिधै खेलाडी किन्ने भन्दा पनि साटफेरलाई प्राथमिकतामा राखिरहेको छ।

बार्सिलोनाले पोग्बालाई भित्र्याउन क्लबका कुनै एक खेलाडी सहितको प्रस्ताव युनाइटेडलाई गर्न लागेको स्पेनिस मिडियाहरु बताउँछन्। तर प्रस्तावमा कुन खेलाडी हुने भन्ने बारे भने स्पष्ट छैन। पोग्बाको सरप्राइज ट्रान्सफर सम्भव हुन युनाइटेडको निर्णयमा भर पर्नेछ।

युनाइटेडमा पोग्बाको सम्झौता सन् २०२२ सम्म छ। सम्झौता सकिनु अगाडी नै उसले पोग्बालाई बेच्न सक्ने आकलन गरिन्छ। तरपनि युनाइटेडले पोग्बाको सम्बन्धमा के गर्छ भन्ने अहिले नै भन्न कठिन छ।

प्रकाशित : मङ्गलबार, साउन ०५, २०७८२२:२९

‘क्लासिको लेजेन्ड’ रियलको जित