बार्सिलोनाको अर्को योजनामा धक्का, पिएसजीको इन्ट्रीको खल्बलियो माहोल !

एजेन्सी – म्यानचेस्टर युनाइटेडका पल पोग्बालाई भित्र्याउने बार्सिलोनाको योजनामा धक्का पुगेको छ। पोग्बा भित्र्याउने दौडमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)को इन्ट्री भएसँगै बार्सिलोनाको योजनामा धक्का पुगेको हो।

हाल बार्सिलोना आर्थिक रुपमा कम्जोर अवस्थामा छ। तर, पिएसजी भने यस ट्रान्सफरमा खुलेर खर्च गर्ने मुडमा देखिन्छ। जसकारण पोग्बा माथि पिएसजीको नजर पर्नु बार्सिलोनाका लागि घाटाको विषय हो।

हालै मात्र बार्सिलोना पोग्बा भित्र्याउने प्रयासमा रहेको खबर आएको थियो। बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले म्यानचेस्टर युनाइटेडका पल पोग्बा माथि नजर राखेका राखेको स्पेनिस मिडियाहरुले दावी गरेका थिए। त्यसको लागि उनले साटफेर सम्मको योजना बनाएको बताइएको थियो।

तर, पछिल्लो पटक पोग्बा माथि पिएसजीको पनि नजर रहेको खबर आएको छ। एक फ्रेन्च मिडियाका अनुसार पोग्बा पक्ष र पिएसजी बीच छलफल शुरु भइसकेको छ। ट्रान्सफरलाई लिएर पोग्बा सकारात्मक रहेको र छलफल सहि दिशामा अगाडी बढिरहेको फ्रेन्च मिडियाहरु दावी गर्छन्। दुवै पक्ष छिट्टै नै सम्झौतामा पुग्ने उनीहरुको दावी छ।

सम्झौता हुन सकेको खण्डमा पोग्बा क्लबमा सबै भन्दा बढी पारिश्रमिक लिने तेस्रो खेलाडी बन्नेछन्। क्लबमा नेयमार र एम्बाप्पे पछि सबै भन्दा अबधि पारिश्रमिक लिने उनी नै हुने बताइन्छ।

युनाइटेडमा पोग्बाको सम्झौता सन् २०२२ सम्म छ। सम्झौता सकिनु अगाडी नै उसले पोग्बालाई बेच्न सक्ने आकलन गरिन्छ। तरपनि युनाइटेडले पोग्बाको सम्बन्धमा के गर्छ भन्ने अहिले नै भन्न कठिन छ। तर, पोग्बाका लागि युनाइटेडले ५० देखि ८० मिलियन युरो सम्म माग गर्न सकने पिएसजीको अनुमान रहेको छ।

प्रकाशित : बुधबार, साउन ०६, २०७८१२:०५

विश्व खेलकूदको महाकुम्भ ओलम्पिकमा नेपालका पाँच खेलाडी !