न्युयोर्क पुलिस डिपार्टमेन्टका एक पुलिस अफिसरले च-क्कु प्र-हा’र गरिएको घाइते मानिसको ज्यान एक खाली चिप्सको प्याकेटको मद्दतले बचाउन सफल भएका छन्। उनको यस्तो कार्यको अहिले चौतर्फी प्रशंसा भइरहेको छ।
रोनाल्ड केन्नेडी नामक उक्त अफिसरले आलुचिप्सको खाली प्याकेट र टेपको मद्दतले च-क्कु लागेको घाइतेको ज्यान बचाएका हुन्। अहिले उक्त घटनाको एक भिडियो निकै चर्चामा रहेको छ। जुलाई १७ मा न्युयोर्क पुलिस डिपार्टमेन्टले रिलिज गरेको एक भिडियोमा केन्नेडीको यस्तो सराहनीय कार्य देख्न सकिन्छ।
घटना हर्लेमको जुलाई ७ मा घटेको हो, अफिसर केन्नेडी घटनास्थलमा पुग्छन् र तुरुन्त घाइते मानिसलाई देखेपछि तुरुन्तै आलुचिप्सको प्याकेट माग्छन्। भिडियोमा सुन्न सकिन्छ,”मलाई आलुचिप्सको प्याकेट दिनुहोस्, तुरुन्त।” त्यसपछि एक मानिसले नजिकैको स्टोरबाट आलुचिप्स लेराएर केन्नेडीलाई दिन्छन्। र उनले उक्त प्याकेट खाली गर्छन् र टेप माग्छन्।
Above & beyond!
Watch as @NYPD28Pct cops keep a stabbing victim alive using an empty potato chips bag & tape.
NY’s #Finest at work…https://t.co/OGRJoa0q5i
— Edward A. Caban (@NYPDPC) July 17, 2021
“मलाई फोक्सोमा चोट लागेको छ,” घाइते मानिस बोल्छन्। केन्नेडीले जवाफ दिन्छन्,”मलाई थाहा छ, मलाई थाहा छ। नआत्तिनुहोस्।” अफिसरले घाइतेलाई सुताउनको लागि नजिकका दुई मानिससँग मद्दत मागे र उनले चिप्सको प्याकेट घाइतेको छातीमा टेपको मद्दतले टाँसीदिए। केहि समयपछि हार्लेम हस्पिटलको एम्बुलेन्स आयो र सुरक्षित तरिकाले उनलाई अस्पताल लगियो।
हार्लममा गरिएको उक्त उद्धारको प्रयासको दृश्य शरीरमा जडित बडी क्यामराले खिचेको थियो। ती घाइते व्यक्ति ग-म्भीर तर स्थिर अवस्थामा भएको बताइएको छ। केन्नेडीले घाइते व्यक्तिको शरीरबाट रक्तस्राव हुन रोकेकै कारण उनको ज्यान बचेको चिकित्सकले बताएका छन्।

