किन घटेन त कोरोना भाइरसको संक्रमण डर र बिरामीको सङ्ख्या ?

कोरोना महामारीको दोस्रो लहरले नेपालमा पनि ठूलो क्षति पुर्यायो। करिब दुई महिना लामो कडा निषेधाज्ञापछि पछिल्लो केहि समय संक्रमण घटेको भन्दै निषेधाज्ञा खुकुलो बनाउँदै जनजीवन सहज बनाइएको छ। तर स्वास्थ्य विज्ञहरु भने विगत केहि हप्तादेखि संक्रमण दर र बिरामीको सङ्ख्या नघटेको बताउँछन्।

यस्तो अवस्था रहिरहे नेपालमा कोरोना भाइरसको खतरा कम हुनुको सत्तो जोखिम झन् बढ्ने स्वास्थ्य विज्ञहरु भनाई छ। तर यसमा भाइरसको भेरिअन्ट र स्वास्थ्य मापदण्ड कस्तो छ भन्ने कुराले ठूलो भूमिका खेल्ने उनीहरु बताउँछन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांक अनुसार विगतका केहि हप्तादेखि कोरोना भाइरसका लागि गम्भीर अवस्थामा रहेका बिरामीको सङ्ख्या ओरालो लागेको देखिँदैन। विगत एक साताको तथ्यांक हेर्ने हो भने आईसीयूमा रहेका बिरामीको सङ्ख्या दैनिक साढे ५ सय देखि ६ सयको बीचमा देखिन्छ।

हालको सङ्ख्या बैशाख-जेठमा कोरोना महामारी उच्च विन्दुमा रहेको समयको तुलनामा निकै कम हो तर केहि समयदेखि उक्त तथ्यांकमा कमी नआउनु भनेको कोरोना भाइरसको जोखिम कम नभएको बुझ्नुपर्ने मन्त्रालयले जनाएको छ।

प्रकाशित : बुधबार, साउन ०६, २०७८१६:३७

घटेन कोरोना संक्रमण दर, २४ घण्टामा थपिए २८३८ संक्रमित !