रेडबुल बेच्ने चार जना पक्राउ !

काठमाडौँ – प्रतिबन्धित क्याफिनयुक्त शक्तिबर्धक पेय पदार्थ (इनरर्जी ड्रिँक) रेडबुल बिक्री गर्ने केहि व्यक्तिहरुलाई पक्राउ गरेको छ। नेपालमा प्रतिबन्धित रहेको क्याफिनयुक्त शक्तिबर्धक पेय पदार्थ (इनरर्जी ड्रिँक) रेडबुल बिक्री गर्ने चार जनालाई पक्राउ प्रहरीले मंगलबार पक्राउ गरेको हो।

नेपालमा २०७६ असार २ मा प्रकाशित राजपत्र भाग २ को सूचना १ को प्रकरण ४ को ‘ढ’अनुसार क्याफिनयुक्त शक्तिवद्र्धक पेयपदार्थ, फ्लेवर सिन्थेटिक ड्रिन्क्सलगायतका पेयपदार्थ बिक्री वितरण गर्न बन्देज रहेको छ। तर पनि त्यस्ता पेय पदार्थको बिक्री वितरण हुने गरेको छ।

काठमाडौंका बिभिन्न स्थानमा रहेका होलसेल सप्लायर्स तथा मार्टहरुले बाह्य मुलुकमा उत्पादित शक्तिबर्धक पेय पदार्थ (इनरर्जी ड्रिँक) रेडबुल नेपालमा ल्याई बिक्री गर्ने गरेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष टोलीले चार जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा प्रणव स्टोर न्युरोडका सञ्चालक रबिनराज श्रेष्ठ र शक्तिमाता स्टोर कपनका सञ्चालक ओखलढुंगा चम्पादेवीका धनबहादुर श्रेष्ठ, रेडबुल ओसारपसारकर्ताहरू बाँके कोहलपुरका राजु पौडेल र सर्लाही हरीपुरका वीरेन्द्र चौधरी रहेका छन् ।

चारैजनालाई ५ गते न्युरोड, सिनामंगल, पुरानो बानेश्वर, कपन गोठाटारबाट रेडबुल बिक्रीवितरण गर्दै गरेको अवस्थामा पक्राउ गरिएको महाशाखाले जनाएको छ। प्रहरीले उनीहरुको साथबाट २ सय २ कार्टुन अथवा ४ हजार ८ सय ४८ रेडबुल पनि बरामद गरेको छ।

प्रकाशित : बुधबार, साउन ०६, २०७८१७:१४

न्यूनतम साझा कार्यक्रममार्फत सरकारलाई प्रभावकारी बनाउने माओवादीको निर्णय