यी अभिनेत्रीले देवीको भूमिका निभाएर बटुले चर्चा, केहिको पूजा समेत गरियो !

एजेन्सी – भारतमा धार्मिक टेलिभिजन कार्यक्रमको क्रेज धेरै राम्रो छ। त्यहाँ धार्मिक धाराबाहिकहरु सबै भन्दा बढी रुचाइने टेलिभिजन सो भित्र पर्ने गरेका छन्।

भारतमा निर्माण हुने धार्मिक धाराबाहिकहरु नेपालमा पनि रुचाइने गरिन्छ। नेपालका खासै धार्मिक धाराबाहिकहरु निर्माण नहुने हुँदा भारतीय धार्मिक धाराबाहिकहरु नेपालमा चर्चित हुने गरेका हुन्।

धार्मिक धाराबाहिक मात्र नभई त्यसमा देखा पर्ने कलाकारहरुले पनि राम्रो चर्चा पाउने गरेका छन्। भारतमा धेरै यस्ता कलाकार पनि छन् जसले धार्मिक धाराबाहिकहरुमा देखापरेर ख्याती कमाएका छन्। आज हामी यहाँ त्यस्तै धार्मिक धाराबाहिकमा भूमिका निभाएर चर्चामा आएका केहि अभिनेत्रीहरु बारे चर्चा गर्दैछौं।

दीपिका चिखलिया

रामानन्द सागरको रामायणमा सीताको भूमिका दीपिका चिखलियाले निभाएकी थिइन्। सीताको रुपमा दर्शकले दीपिका चिखलियालाई धेरै नै मन पराए। रामायणबाट हीट भएका कारणले गर्दा नै उनले सीता माता भनेर समेत मानिसहरु चिन्ने गर्छन्।

मोनी रोय

टेलिभिजन हुँदै बलिउडमा समेत देखा परिसकेकी मोनी रोयले टीवी सीरियल ‘देवों के देव महादेव’मा देवी सतीको भूमिका निभाएकी थिइन्। उक्त भूमिका निभाएकी कारण उनी टेलिभिजनमा स्थापित हुन सफल भएकी थिइन्।

ग्रेसी सिंह

संजय दत्तको साथ फिल्म ‘मुन्नाभाई एमबीबीएस’ मा देखीएको अभिनेत्री ग्रेसी सिंहको नाम पनि यस सूचीमा समावेश छ। ग्रेसीले टेलिभिजन कार्यक्रम सन्तोषी मामा माता सन्तोषीको चरित्र निभाएकी थिइन्।

सोनारिका भदौरिया

धारावाहिक देवों के देव महादेवमा माता पार्वतीको भूमिका निर्वाह अभिनेत्री सोनारिका भदौरियाले गरेकी थिइन्। पार्वतीको भूमिका निभाएकै कारण सर्वत्र चर्चित भएकी थिइन्।

प्रकाशित : बुधबार, साउन ०६, २०७८१८:१५

कान्छो भाइ जेहसंग मख्ख देखिइन् सारा, सार्वजनिक गरिन् यस्तो तस्विर !