अन्ततः माधव नेपाललाई अध्यक्ष बनाउन ओली तयार !

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको बताएका छन्।
बुधबार पार्टीको केन्द्रिय कमिटी बैठकमा बोल्ने क्रममा ओलीले पार्टी एकताका निमित्त आफू नेता नेपाललाई अध्यक्ष बनाउन तयार रहेको बताएका हुन्।

च्यासलमा बसेको बैठकमा ओलीले आफू पार्टी एकताका लागि हदैसम्म लचिलो भएको र माधव नेपाललाई पार्टीको दोस्रो अध्यक्ष बनाउन तयार रहेको बताए।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार अध्यक्ष ओलीले पार्टीको दोस्रो अध्यक्ष बनाउन आफू तयार हुँदा पनि नेपाल तयार नभएको बताएका थिए।

“माधव नेपालले दोस्रो अध्यक्ष मागे । मिल्ने हो भने पार्टी एकता बचाउनका लागि दोस्रो अध्यक्ष दिन तयार छु । तर मैले यति भन्दा पनि एकताप्रति इच्छा देखाइएको छैन । अनेक बहाना खोजिएको छ ।”,ओलीले बैठकमा भने।

पार्टी एकता जोगाउन आफूले सकेको सबै गरेको ओलीको भनाई छ। ओलीले एकताको मोही अझै मथ्दै गरेको सुनाए। अध्यक्ष ओलीले बैठकमा भने,”मसँग अब अरु आग्रह छैन । म एकताको मोही अझै मथ्दै छु । सकभर सत्ता गठबन्धनमा लागेका सबै पार्टीका नेतालाई आफ्नो राजनीतिक जीवन बचाउन अनुरोध गर्छु।”

प्रकाशित : बुधबार, साउन ०६, २०७८२२:१७

भारतमा फेरि बढे कोरोना सङ्क्रमित !