आज फेरी घट्यो सुनको मुल्य, धेरै दिनपछि सुनको मुल्य सस्तो!

काठमाडौँ – नेपाली बजारमा आज पनि  सुनको मूल्य घटेको छ। बुधबार  तोलामा ७ सय रुपैंयाँले घटेको  सुनको मूल्य आज फेरी घटेको हो।

नेपाल सुन चाँदी व्यावसायी महासंघका अनुसार नेपाली बजारमा आज फेरी छापावाला सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ। जससँगै आज छापावाला सुन ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै नेपाल बजारमा आज तेजाबी सुनको मूल्य पनि तोलामा ७ सय रुपैयाँले नै घटेको छ। आज तेजाबी सुन ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।

यस अगाडी छापावाला सुनको मूल्य आइतबार ९२ हजार ६ सय, सोमबार ९२ हजार ८ सय, मंगलबार ९३ हजार २ सय, बुधबार ९२ हजार ५ सय रुपैयाँ थियो भने तेजाबी सुनको मूल्य आइतबार ९२ हजार १ सय, सोमबार ९२ हजार ३ सय, मंगलबार ९२ हजार ७ सय र बुधबार ९२ हजार रुपैयाँ थियो।

चाँदीको मूल्य

आज चाँदीको मूल्य भने बढेको छ।  नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य रु १० ले बढेर  १२ सय ७० रुपैयामा कायम भएको छ।

प्रकाशित : बिहिबार, साउन ०७, २०७८११:४६

छिट्टै खुल्दै यस कम्पनिको आईपीओ, सर्वसाधारणको भागमा कति ?