भारतमा कोरोना कहर कम हुँदै गर्दा भयानक बन्यो ‘कालो ढुसी’, भेटिए ४५ हजार भन्दा बढी संक्रमित !

कोरोना भाइरसको दोस्रो लहर कम हुँदै गएको समयमा भारतमा ‘कालो ढुसी’ का बिरामी वृद्धि हुन थालेको छ। कोरोना संक्रमण भएका मानिसलाई हमला गर्ने आँखा तथा नाक सम्बन्धि यस समस्याको कारण भारतमा ४३०० भन्दा बढी मानिसको ज्यान गएको बताइएको छ।

म्यूकोर्माइकोसिस नामक यस बिरामीका अहिलेसम्म ४५,३७४ संक्रमण फेला परेको स्वास्थ्यमन्त्री मनसुख मांडवियाले जानकारी दिए। विशेषगरी नाक र आँखालाई मूख्य रूपमा प्रभाव पार्ने यस रोगले मस्तिष्कसम्ममा पनि असर गर्ने स्वास्थ्य विज्ञ बताउँछन्। यो समस्या प्राय: कोरोना संक्रमण निको भएको १२ देखि १८ दिनसम्म देखिने सम्भावना हुन्छ।

विशेषगरी मधुमेह मानिस यस रोगको खतरामा रहने चिकित्सकहरूले बताएका छन्। चिकित्सकहरूका अनुसार यो रोगविरुद्ध एन्टी-फङ्गल इन्जेक्शन मात्रै प्रभावकारी देखिएको छ। भारतका दुई राज्य (महाराष्ट्र र गुजरात) यसबाट सबैभन्दा प्रभावित रहेको छ। यी दुई राज्यमा ‘कालो ढुसी’ को कारण १,७८५ जनाले ज्यान गुमाईसकेका छन्।

सामान्यतया म्यूकोर्माइकोसिस भएको केही हप्तादेखि महिनापछि बिरामीको ज्यान जाने चिकित्सक बताउँछन्। अहिले भारतमा ‘कालो ढुसी’ को तथ्यांक संकलन गर्नको लागि सहि प्रणाली नभएको समेत डाक्टरहरुको बुझाई रहेको छ। यो रोग साना अस्पताल तथा ग्रामिण भेगमा पत्ता लगाउनको लागि निकै गाह्रो भएको कारणले पनि सहि तथ्यांक संकलन गर्न नसकिएको उनीहरुको भनाई छ।

चिकित्सकहरूका अनुसार धेरै बिरामीहरूको अस्पताल पुग्नुअघि नै ज्यान गएको छ भने कतिपय मानिसमा निको भएपछि पनि सङ्क्रमण फर्किएको पाइएको छ।

प्रकाशित : बिहिबार, साउन ०७, २०७८१३:३१

अभिनेत्री नेहाकी बहिनि आयशाको बो-ल्ड अवतार, फ्यान भन्छन, ‘पाइन्ट लगाउन बिर्सेको हो?’