बाटो बिराएर शेरबहादुरलाई मत दिनेलाई आममाफी दिने ओलीको घोषणा, एकताका लागि जुट्न आग्रह !

प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिएर बाटो बिराएर नेताहरुलाई आममाफी दिने एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्। नेकपा एमालेको एकतालाई लिएर नेताहरू विभाजित भइरहेको बेला ओलीले बाटो बिराएका सबैलाई आममाफी दिने घोषणा गरेका हुन्।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवसमा बोल्दै ओलीले भने, “बाटो बिराएका साथीहरुलाई पनि पार्टी र आन्दोलनको एकताका लागि पुष्पलाललाई सम्झिएर भन्न चाहन्छु, एम्नेष्टी इज ग्रान्टेड।” ओलीले अहिलेसम्म जे भए पनि अब सबैलाई एकसाथ भएर अगाडी बढ्न आग्रह समेत गरेका छन्। “जे सुकै भएको होस्, एम्नेष्टी । आउनुस् अब सबै मिलेर काम गरौं,” ओलीले भने।

पार्टीले आफ्नो कारण ठूलो क्षति बेहोर्नु परेको बताउँदै सबैलाई फेरी एकसाथ हुन आग्रह गरेका हुन्। त्यस्तै, उनले एमाले पार्टीलाई कसैले रोक्न खोजेर सफल नहुने पनि बताएका छन्। पुष्पलालले रोपेर मदन भण्डारीले हुर्काएर पार्टी कुनै कर्कलाको पात नभएको बताएका छन्। उनले भने,”एमाले कुनै कर्कलाको पातको पानी हैन। हल्लाउने बित्तिकै भुइँमा झर्ने।”

निवर्तमान प्रधानमन्त्रीले आफ्नो सरकार ढाल्नको लागि दुनियाले सक्दो बल लगाउँदा पनि नसकेपछि केहि नलागेर अदालतको परमादेशको मद्दत लिएको बताए। ओलीले आफ्नो पार्टी सरकारमा नरहे पनि दुबै सदनदेखि धेरैतिर आफूहरू प्रमुख राजनीतिक शक्ति भएको बताए ।

प्रकाशित : बिहिबार, साउन ०७, २०७८१७:१०

किन घटना कोरोना संक्रमण दर ? निको हुनेको भन्दा संक्रमितको संख्या दोब्बर भन्दा बढी !