ग्रहचक्रमा बुधको ठूलो परिवर्तन, कुन-कुन राशिलाई शुभ ?

बौद्धिक शक्तिको कारक मानिने बुध ग्रह २५ जुलाईको दिन बिहान ११:४६ मा मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्दैछ। यस राशिमा बुध ९ अगस्टसम्म विराजमान रहनेछ, त्यसपछि सिंह राशिमा प्रवेश गर्नेछ। बुध ग्रहको कर्कट राशिमा हुने गोचरको प्रभावले केहि राशिलाई शुभ फल दिनेछ भने केहि राशिका मानिसलाई यो अशुभ रहनेछ। जान्नुहोस् सबै १२ राशिमा यसको प्रभाव….

मेष राशि 

मेष राशिका मनिसको लागि यो गोचर मिश्रत फलदायी रहनेछ। शिक्षा क्षेत्रका मानिसको लागि यो समय अत्यन्त शुभ रहनेछ। गोचरको प्रभावले तपाईंको तार्किक क्षतमामा वृद्धि हुनेछ। विद्यार्थी वर्गको लागि यो समय अत्यन्त शुभ रहनेछ। आमाको स्वास्थ्यको बारेमा भने चिन्ता बढ्न सक्छ। परिवारका सदस्य बीच मदभेद पैदा हुनसक्छ।

वृष राशि 

संचार क्षेत्रमा संलग्न मानिसको लागि यो समय अत्यन्त शुभ साबित हुनेछ। तपाईंको विनम्र स्वभावले अरु मानिसलाई आकर्षित गर्न सक्छ। वैदेशिक शिक्षाका लागि प्रयास गरिरहेका मानिसले यो समयमा सफलता प्राप्त गर्न सक्छन्। यो समयमा तपाईंको मानिसक स्वास्थ्यमा भने समस्या आउनसक्छ, सजग रहनुहोला। व्यापारीहरुको लागि पनि समय अनुकूल रहनेछ।

मिथुन राशि 

आर्थिक पक्ष कमजोर रहन सक्छ। अनावश्यक खर्च हुनसक्छ। तपाईंको बोली तथा रिसमा संयम राख्नुहोला। ससुराल पक्षबाट तपाईंले लाभ प्राप्त गर्न सक्नुहुनेछ। कुनै काम गर्नु अघि राम्रोसँग सोच-विचार गरेर मात्र काम सुरु गर्नुहोस्। कार्यक्षेत्रमा नयाँ जिम्मेवार थपिन सक्छ। बुबाको स्वास्थ्यमा भने विशेष ध्यान दिन आवश्यक देखिन्छ।

कर्कट राशि 

व्यापार-व्यवसाय क्षेत्रमा लागेका मानिसको लागि यो समय अत्यन्त शुभ रहनेछ। कार्यक्षेत्रमा तपाईंको उच्च पदाधिकारी तपाईंको कार्य देखेर प्रशन्न हुनेछन्। सामाजिक क्षेत्रमा तपाईंको मान-सम्मान बध्नेछ। विदेश यात्राको पनि शुभ अवसर देखिन्छ। अनावश्यक खर्च बढ्न सक्छ। आर्थिक पक्ष कमजोर रहला। यो समयमा कसै माथि पनि विश्वास गर्नु राम्रो हुँदैन।

सिंह राशि 

यो अवधिमा तपाईंको निकै खर्च हुने सम्भावना देखिन्छ। त्यहि कारण तपाईंको आर्थिक स्थिति अस्थिर रहला। लगातार धन खर्च हुनाले मानसिक तनाब पनि बढ्न सक्छ। आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नुहोला। यो समयमा तपाईंलाई शत्रुले हानी गर्न सक्छन्, सजग रहनुहोला। आफ्नो आत्मविश्वास उच्च राख्नुहोस्।

कन्या राशि 

यो समयमा तपाईंको तार्किक शक्ति बढ्नेछ, जसको कारण तपाईंलाई कर्यक्षेत्रमा लाभ मिल्न सक्छ। कुनै गलत काम गर्नबाट बच्नुहोला। अनावश्यक खर्च हुनसक्छ। आर्थिक पक्ष कमजोर रहला। कार्यक्षेत्रमा सहकर्मीको पूरा साथ सहयोग प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा तपाईंको मान-सम्मान बढ्नेछ। सामाजिक कार्यमा तपाईंको रुची पनि बढ्नेछ।

तुला राशि 

विदेश यात्राको योग बन्नसक्छ। वैदेशिक व्यापारबाट खुब लाभ प्राप्त होला। कार्यक्षेत्रमा हुने षड्यन्त्रबाट बच्नुहोला। घर-जग्गा तथा गाडी किन्ने योग बन्नसक्छ। बुबासँगको सम्बन्ध सुधार्ने कोशिस गर्नुहोस्। शत्रु पराजित हुनेछन्। साथी-भाई तथा आफन्तबाट भरपूर साथ-सहयोगको अपेक्षा गर्न सकिन्छ। मान-प्रतिष्ठामा वृद्धि हुनेछ।

वृश्चिक राशि 

तपाईंको लागि बुधको यो गोचर भाग्यशाली रहनेछ। आकस्मिक धन लाभ मिल्ने सम्भावना उच्च रहेको छ। भाग्य वृद्धिको योग रहेको छ। पैतृक सम्पतिबाट पनि लाभ मिल्ने पूरा सम्भावना छ। हरेक क्षेत्रमा तपाईंले सफलता हात पार्न सक्नुहुनेछ। अनावश्यक काममा समय खर्च हुनसक्छ। स्वास्थ्यमा भने केहि समस्या आउनसक्छ, सजग रहनुहोला।

धनु राशि 

तपाईंको लागि यो समय अनुकूल नरहला। कार्यक्षेत्रमा विभिन्न चुनौतीको सामना गर्नुपर्नेछ। व्यापार-व्यवसायमा पनि समय प्रतिकूल नै रहने देखिन्छ। धन प्राप्तिको लागि कडा परिश्रम गर्नुपर्नेछ। पैतृक सम्पतिबाट भने लाभ मिल्नसक्छ। यो समयमा तपाईंको बौद्धिक क्षमता भने बढ्नेछ। दाम्पत्य जीवनमा केहि मनमुटावको स्थिति उत्पन्न हुनसक्छ।

मकर राशि

 

यो समय तपाईंको लागि शुभ छैन, सावधान रहनुहोला। जीवनसाथीसँग झगडा बढ्न सक्छ। एक-अर्कालाई सम्झिन एक साथ समय बिताउने कोशिस गर्नुहोस्। व्यापार-व्यवसायको क्षेत्रमा पनि सावधान रहनुपर्ने देखिन्छ। विवाह सम्बन्धि वार्ता सफल हुने योग छ। पारिवारिक वातावरण सकारात्मक रहनेछ। आर्थिक स्थिति भने कमजोर रहला।

कुम्भ राशि 

लेखन क्षेत्रमा तपाईंले विशेष सफलता प्राप्त गर्नुहुनेछ। शिक्षा क्षेत्रमा भने केहि कठिनाइको सामना गर्नुपर्ने हुनसक्छ। यो समयमा आफ्नो स्वास्थ्यको भने विशेष ख्याल राख्नुहोला। कार्यक्षेत्रमा तपाईंको कामको प्रशंसा हुनेछ। नोकरी परिवर्तन गर्न चाहने मानिसको लागि पनि समय अनुकूल छ। कसैलाई पैसा ऋण नदिनुहोला, अन्यथा नोक्सान हुने सम्भावना रहेको छ।

मीन राशि

मीन राशिका मानिसले यो समयमा मिश्रित परिणाम प्राप्त गर्नेछन्। व्यापार-व्यवसाय क्षेत्रका मानिसको लागि समय सामान्य रहनेछ। कायक्षेत्रमा भने समय सोचे अनुरुप सकारात्मक नरहला। परिवारका सदस्य बीच मदभेद उत्पन्न हुनसक्छ, सजग रहनुहोला। प्रेम सम्बन्ध बलियो हुनेछ। धार्मिक तथा आध्यात्मिक कार्यतिर तपाईंको मन लाग्नेछ।

प्रकाशित : बिहिबार, साउन ०७, २०७८१८:१५

यो राशिबाट साढे सात वर्षपछि सकिँदैछ शनिको दशा, मिल्नेछ अपार सुख-सफलता !