काठमाडौँ – काठमाडौँ उपत्यकामा भूकम्प गएको छ । सुक्रबार बिहान ७ बजेर ५ मिनेट जाँदा काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी केन्द्रविन्दु बनाएर भूकम्पको गएको हो । उक्त भूकम्प ३.५ म्याग्नेच्युडको थियो ।

विस २०७२ को महाभूकम्पपछि सना-ठूला पराकम्पहरु जानेक्रम जारी छ। महाभूकम्प गएका क्षेत्रमा दशौँ वर्षसम्म परकम्पन आइरहने विज्ञले जनाएका छन्। विज्ञहरुका अनुसार यसकै निरन्तरताका रूपमा नेपालमा पाँच वर्षअघिको भूकम्पपछि परकम्पन आइरहेको हो।
अर्को समाचार:
प्रदेश सरकारद्वारा प्रहरीलाई सवारी साधन हस्तान्तरण
गण्डकी प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालय तथा मातहतका कार्यालयहरुका लागि सवारी साधन हस्तान्तरण गरेको छ । सरकारले प्रहरीका लागि अत्यावश्यक चार थान टाटा पिकअप भ्यान र एक थान बस बिहीबार प्रदान गरेको हो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दिवेश लोहनीलाई गाडीका चाबी हस्तान्तरण गर्नुभयो । सरकारले उपलब्ध गराएको सवारी साधनबाट प्रभावकारी प्रहरी सेवा प्रवाहमा सहजता प्रदान गर्नुका साथै आम नागरिकमा शान्ति सुरक्षा तथा अमनचैनको प्रत्याभूति दिलाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।
कार्यक्रममा मुख्यमन्त्री नेपालीले प्रहरीलाई चुस्तदुरुस्त, सङ्गठित र सक्षम बनाउन सबलीकरण अपरिहार्य रहेकाले प्रदेश सरकार प्रहरीका समस्या समाधानका लागि दृढ रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारको सफलता र असफलताको आधारनै शान्ति सुव्यवस्था र सुशासन हो । सरकार प्रहरीलाई साधन स्रोत सम्पन्न बनाएर सेवा प्रवाह सरल बनाउन प्रतिबद्ध छ ।”
प्रहरी नायब महानिरीक्षक लोहनीले प्रदेश प्रहरी संरचना तथा प्रशासनिक गतिविधि, प्रहरी कार्य तथा शान्ति सुरक्षाको अवस्था, विपद् व्यवस्थापन तथा कोभिड–१९ व्यवस्थापन, अपराध नियन्त्रणलगायतका विषयमा मुख्यमन्त्री नेपालीलाई जानकारी गराउनुभएको थियो । उहाँले प्रदेशभर सात हजार ४९४ दरबन्दी भए पनि पाँच हजार ७०० जना कार्यरत रहेको जानकारी दिँदै प्रहरीको तल्लो तहमा साधन स्रोतको अभाव रहेको उल्लेख गर्नुभयो ।

