“मेस्सी विश्वको सर्वोत्कृष्ट, अझै ब्यालोन डी’ओर जित्छन्”

एजेन्सी – बार्सिलोनामा केहि समय अगाडी मात्र अनुबन्धित भएका डच खेलाडी मेम्फिस डिपेले लियोनेल मेस्सीसँग खेल्न पाए आफ्नो सपना पूरा हुने बताएका छन्। लियोनबाट बार्सिलोना आएका डिपेले बार्सिलोना क्लबको मिडिया च्यानललाई अन्तर्वार्ता दिनेक्रममा मेस्सीसंग खेल्ने आफ्नो ठूलो सपना रहेको र त्यो पूरा हुने विश्वास व्यक्त गरेका हुन्।

डिपेले मेस्सी लेजेण्ड मात्र नभई विश्वकै सर्वोत्कृष्ट खेलाडी रहेको बताए। उनले भने,”मेस्सी लेजेण्ड हुन्, विश्वको सर्वोत्कृष्ट खेलाडी हुन्। उनले कोपा अमेरिकामा जे गरे त्यो सबैले देखेका छन्।”

विश्वको जो सुकै पनि मेस्सी खेल्न चाहने डिपेले बताए। मेस्सीसँग आफ्नो तालमेल राम्रो हुने विश्वास पनि उनले व्यक्त गरे। मेस्सीले आफूलाई मैदानमा बल दिने र केहि असिस्ट समेत दिने र आफूले पनि त्यसै गर्ने डिपेको भनाई छ।

“म उनीसँग खेल्नको लागि धेरै उत्सुक छु। मेस्सीका गुणहरुमा कुनै सन्देह छैन। मलाई थाहा छ मैले कुद्नु मात्र पर्ने हुन्छ, मेस्सीको खुट्टाबाट बल आउनेछ।”,उनले भने,”किनकि मेस्सीको क्वालिटी छुट्टै छ। उनी बललाई जे पनि गर्न सक्छन्। मलाई लाग्छ कि विश्वका सबै उनीसंग खेल्न चाहन्छन्।”

त्यस्तै डिपेले ब्यालोन डी’ओर मेस्सीले पुनः जित्ने पनि बताएका छन्। मेस्सी म्युजियम घुम्दा मेस्सीले जितेका सम्पूर्ण ब्यालोन डी’ओर देखेको उल्लेख गर्दै उनले त्यहाँ केहि ब्यालोन डी’ओर अझ थपिने बताए।

प्रकाशित : शुक्रबार, साउन ०८, २०७८१०:०७

“रोनाल्डो उत्कृष्ट खेलाडी हुन्, तर उनी पनि मेस्सीको स्तरमा छैनन्”