काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। कारोबार हुने हप्ताको अन्तिम आज सुनको मूल्य बढेको हो।
नेपाल सुन चाँदी व्यावसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९२ हजार १ सय रुपैंयाँ कायम भएको छ।
त्यस्तै नेपाली बजारमा आज तेजाबी सुनको मूल्य पनि तोलामा ३ सय रुपैंयाँले नै घटेको छ। आज तेजाबी सुन प्रतितोला ९१ हजार ६ सय रुपैंयाँमा कारोबार भैरहेको छ।
हप्तामा सुनको मूल्य
यस हप्ता छापावाला सुन ९१ हजार ८ सय देखि ९३ हजार २ सय रुपैंयाँ सम्ममा कारोबार भयो। त्यस्तै तेजाबी सुन भने ९१ हजार ३ सय देखि ९२ हजार ७ सय रुपैंयाँ सम्ममा कारोबार भयो।
चाँदीको मूल्य
सुन मात्र नभई आज चाँदीको मूल्य पनि बढेको छ। नेप्पल सुन चाँदी व्यावसायी महासंघका अनुसार नेपाली बजारमा आज चाँदीको मूल्य रु १० लेबढेर १२ सय ८० कायम भएको छ।

