काठमाडौँ उपत्यकामा पछिल्लो समय सङ्क्रमणदर बढ्दो रहेको छ । उपत्यकामा भीडभाड र सवारी साधन चलेसँगै सङ्क्रमण पनि बढिरहेको मन्त्रालयले जनाएको छ । साउन १ गते उपत्यकामा सङ्क्रमित सङ्ख्या ५४१ पुगेकामा साउन ७ गते ७५१ पुगेको छ । साउन १ गते उपत्यका काठमाडौँमा ३४३, ललितपुरमा १३६ र भक्तपुरमा ६२ जनामा सङ्क्रमण देखिएको थियो । साउन ७ गते काठमाडाँैमा ५३६, ललितपुर १३० र भक्तपुर ८५ जनामा सङ्क्रमण देखिएको छ ।
काठमाडौँ जिल्लामा सङ्क्रमित दुई लाख १२ हजार १५२ तथा पाँच हजार ९१६ सक्रिय सङ्क्रमित रहेका छन् । त्यसगरी ललितपुरमा ३९ हजार ५९६ सङ्क्रमित र एक हजार ६१ सक्रिय सङ्क्रमित तथा भक्तपुरमा २३ हजार ४४२ सङ्क्रमित र ९३५ सक्रिय सङ्क्रमित रहेका छन् ।
१० जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित
अहिले ५०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला १० वटा रहेका छन् । तिनमा मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, कास्की, नवलपरासी (पूर्व) र रुपन्देही रहेका छन् । यही साउन ६ गते मात्र ५ं०० भन्दा बढी सङ्क्रमति हुने नवलपरासी (पूर्व), रुपन्देही र कास्की जिल्ला थपिएका हुन् । यसैगरी २०० भन्दा बढी सङ्क्रमति हुने जिल्ला २६ पुगेका छन् । मन्त्रालयले अघिल्लो हप्ताको तुलनामा यस हप्ता २०० भन्दा बढी सङ्क्रमण हुने जिल्ला धेरै थपिएको जनाएको छ ।

