टोकियो ओलम्पिक: ११ वर्षमै ४२ वर्षीय खेलाडीलाई हराएकि जाजा माथि सबैको नजर !

एजेन्सी – ओलम्पिकको इतिहासमा धेरै युवा खेलाडीहरुले ठूलो प्रभाव पारेको धेरै उदाहरण छन्। कम उमेरका मानिएका खेलाडीले पनि महत्वपूर्ण उपलब्धि हाँसिल गरेको धेरै पटक देखिसकिएको छ।

यस पटकको ओलम्पिकमा पनि त्यसको पुनरावृत्ति देख्न पाइने भएको छ। मात्रै १२ वर्षकी हेन्ड जाजाले यस पटक ओलम्पिक डेब्यू गर्दैछन्। सिरियाकी स्टार टेनिस खेलाडीले गत वर्ष ओलम्पिकका लागि ठाउँ बनाएकी हुन्। जाजा टोकियो ओलम्पिककै कान्छी खेलाडी समेत हुन्।

जाजाले सन् २०२० को फेब्रुअरीमा ओलम्पिकमा ठाउँ बनाएकी थिइन्। ओलम्पिकका लागि भएको एसियन छनौटमा उनले लेबनानकी ४२ वर्षीय मारियाना सहकियानलाई हराएकी थिइन्।

जाजा सबै तहमा राष्ट्रिय उपाधि जित्ने पहिलो सिरियाली टेनिस खेलाडी रहेकी छन्। ओलम्पिकमा पाएको मौकालाई सहि सदुपयोग गरेर महत्वपूर्ण सफलता हाँसिल गर्ने उनले योजना बनाएकी छन्। सिरियाको द्वन्दकालिन अवस्थाबाट गुज्रन बाध्य जाजाले खेलकुदमा धेरै अगाडी बढ्ने योजना बनाएकी छन्।

ओलम्पिकमा सहभागी हुन पाउनु आफ्ना लागि मात्र नभई सिङ्गो सिरियाका लागि गर्वको कूरा रहेको उनले सुनाइन्। उनी भन्छन्,”यो मेरो देश, मेरा बाबुआमा र मेरा सबै साथीहरूका लागि उपहार हो।”

जाजा आफ्नो रगतमै खेलकुद रहेको पनि बताइन्। परिवारकी कान्छी र एक्ली छोरी रहेकी उनी आफूलाई परिवारबाट पूरा साथ र सहयोग मिलेको बताउँछन्। उनका पिता पूर्व फुटबलर हुन र अहिले उनी जिमन्यास्टिक प्रशिक्षक रहेका छन्।

“खेलकुद मेरो रगतमा छ।”,एक अन्तर्वार्ताका क्रममा उनले भनिन्,”मेरो परिवारले मेरो सुरुदेखिको दिनदेखि मलाई धेरै समर्थन गरिरहेको छ। मलाई खेलकुदमा अगाडी बढ्न परिवारबाटै प्रेरणा मिलेको हो।”

प्रकाशित : शुक्रबार, साउन ०८, २०७८१२:००

जब मेस्सीको जर्सीकै लागि दुई खेलाडी बहसमा उत्रिए [भिडियो सहित]