जब मेस्सीको जर्सीकै लागि दुई खेलाडी बहसमा उत्रिए [भिडियो सहित]

इटालियन डिफेन्सिभ जोडी लियोनार्दो बोनुची र जर्जिनो किएलिनी युरो २०२० पूरै प्रतियोगिताभर अटुट थिए। तर यस समय यस्तो पनि आएको थियो जब यी दुई खेलाडी अर्जेन्टिनी कप्तान लियोनल मेस्सीको जर्सीका लागि विवादमा उत्रिएका थिए।

बोनुची र किएलिनी इटाली युरोपियन च्याम्पियन बन्नुको प्रमुख कारण थिए। दुई अनुभवी सेन्ट्रल डिफेन्डरको जोडीको जवाफ प्रतियोगिताभर कुनै पनि टोलीको आक्रमण पंक्तिले पाउन सकेन। च्याम्पियन बनेको इटालीले प्रतियोगिताभर जम्मा ४ गोल मात्र बेहोर्यो। इटालीका लागि मात्र नभएर यो जोडी क्लब स्तरमा युभेन्टसका लागि पनि निकै सफल रहँदै आएको छ।

२०१७ को च्याम्पियन्स लिग खेल, युभेन्टसले बार्सिलोनाको सामना गर्दै थियो, क्वाटर-फाइनलको दोस्रो लेग थियो जब युभेन्टस डिफेन्डर बोनुचीले लियोनल मेस्सीको जर्सी माग्न उनको नजिकै जाँदै थिए तर उनलाई आफ्ना डिफेन्सिभ पार्टनर किएलिनीले रोक्ने प्रयास गरे। खेलको अन्त्यतिर बोनुचीले ६ पटकका ब्यालुन डी ओर विजेतालाई जर्सीको लागि अ आग्रह गर्दै गर्दा किएलिनीले रोक्ने प्रयास गरे।

त्यसको बाबजुद पनि बोनुचीले मेस्सीलाई भने,”लियो, के मैले तिम्रो जर्सी पाउन सक्छु?” बोनुचीलाई किएलिनीले मेस्सीको जर्सी माग्नुको कारण उनी आफैले मेस्सीको जर्सी चाहेको हो वा खेलमा ध्यान दिन त्यस्तो गरेको हो भन्ने पक्काका साथ भन्न सकिँदैन। तर धेरैले दुबैले मेस्सीको जर्सीको लागि त्यस्तो घटना भएको अनुमान गरेका छन्।

खेलपछि मेस्सीको जर्सी पाएका बोनुचीले आफूले विश्वकै सर्वोत्कृष्ट खेलाडीको जर्सी पाएको पनि बताएका थिए।

प्रकाशित : शुक्रबार, साउन ०८, २०७८१२:०७

गल्ती नगर्न बार्सिलोना र रियल म्याड्रिडलाई सिमोनीको चेतवानी !