यो राशिबाट साढे सात वर्षपछि सकिँदैछ शनिको दशा, मिल्नेछ अपार सुख-सफलता !

सूर्य, चन्द्रमा र शनिको गणनालाई ज्योतिषको गणनामा विशेष महत्त्व दिइन्छ। मानिसको जन्मकुण्डलीमा शनि अशुभ हुँदा उक्त मानिसको जीवनमा विभिन्न प्रकारका समस्या आउन सुरु हुन्छ। सबै ९ ग्रहहरु मध्ये शनि सबैभन्दा ढिला चाल चल्ने ग्रह हो। शनिलाई एक राशिबाट अर्को राशिमा गोचर हुनको लागि साढे दुई वर्ष लाग्छ। कुनै पनि राशिमा शनि अवस्थित छ भने उक्त राशिमा साढे सात वर्षसम्म शनिको प्रभाव रहन्छ। त्यसलाई नै शनिको साढे साती भनिन्छ। कुनै पनि व्यक्तिले आफ्नो जीवन समयमा कम्तिमा एक पटक शनिको दशा सामना गर्नुपर्छ। शनिले कुनै एक राशिमा प्रवेश गर्दा एकसाथ पाँच ओटा राशिमा प्रभाव पर्छ। तीन राशिका मानिसले शनिको साढे सातीको सामना गर्नुपर्छ भने दुई राशिका मानिसले शनिको ढैय्या। शनिको साढे साती एक राशिमा ३ चरणमा हुने गर्छ: पहिलो, दोस्रो र तेस्रो चरण।

यस राशिमा  शनिको साढे सातीको अन्तिम चरण 

अहिलेको समयमा शनि मकर राशिमा छ जसको कारण धनु, मकर र कुम्भ राशिमा साढे साती चलिरहेको छ। धनु राशिमा भने यसको अन्तिम चरण चलिरहेको छ। त्यस्तै, मकर राशिमा दोस्रो र कुम्भ राशिमा पहिलो चरण चलिरहेको छ। धनु राशिका मानिसलाई २२ अप्रिल २०२२ बाट पूरै तरिकाले साढे साती सकिनेछ। यसको अन्तिम चरण कम कष्टदायी हुन्छ भन्ने विश्वास रहेको छ।

के हो त शनिको साढे साती 

ज्योतिषशास्त्र अनुसार जब शनि राशिको चन्द्र चिन्हबाट १२ औं, पहिलो र दोस्रो घरमा रहन्छ त्यसलाई नै शनिको साढे साती भनिन्छ। शनिको साढे सातीको तीन चरण हुन्छ: पहिलो, दोस्रो र तेस्रो चरण। यी मध्ये दोस्रो चरण सबैभन्दा कष्टकारी हुन्छ।

प्रकाशित : शुक्रबार, साउन ०८, २०७८१२:२९

गुरु पूर्णिमा मनाइँदै