काठमाडौँ – नेकपा एमालेका नेता भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिएका छन्। रावलले शुक्रबार सांसद पद बाट दिएको राजीनामा फिर्ता लिएका हुन्।
पार्टीको विवाद बढ्दै जाँदा असन्तुष्ट बनेर सांसद पदबाट राजीनामा दिएका रावलले सभामुख अग्निप्रसाद सापकाेटालाई भेटेर आफूले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएको बताइएको छ।
माधव नेपाल कित्तामा रहेका रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयलाई लिएर असन्तुष्टि जनाउँदै सांसद पदबाट राजीनामा दिएका थिए।
तर निर्वाचन क्षेत्रका मतदाता, पार्टीका नेता लगायतको दबाव पछि रावलले राजीनामा फिर्ता लिएका हुन्। उनले पार्टी अध्यक्ष केपी शर्मा ओली मात्र नभई वरिष्ठ नेता माधव कुमार नेपालले समेत राजीनामा फिर्ता लिन आग्रह गरेका थिए ।

