अब लामो दुरीका सवारीसाधन सञ्चालन हुन पाउने !

काठमाडौँ – अब लामो दुरीको सवारीसाधन सञ्चालन हुने भएका छन्। कोरोना भाइरस संक्रमणको दोस्रो लहरका कारण जारी भएको निषेधाज्ञा पछि बन्द भएका लामो दुरीको सवारीसाधन अब सञ्चालन हुने भएका हुन्।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले लामो दुरीको सवारीसाधन सञ्चालका लागि अनुमति दिसकेको छ। कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै लामो तथा मध्यम दुरीका सवारीसाधन सञ्चालनको अनुमति दिएको बारे जानकारी गराएको हो।

परीक्षार्थी तथा सर्वसाधरणहरूको आवतजावतलाई सहज बनाउन लामो तथा मध्यम दुरीका सवारीसाधन सञ्चालनको अनुमति दिइएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

जारी सूचनामा भनिएको छ,”परीक्षार्थी तथा सर्वसाधरणहरूको आवतजावतलाई सहज बनाउन उपत्यकाका सम्पूर्ण व्यवसायीहरूले नेपाल सरकारले तोकेको स्वास्थ्यको मापदण्डको पूर्ण पालना गरी मध्यम तथा लामो दुरीका सार्वजनिक यातायात सञ्चालनको व्यवस्था मिलाउन अनुरोध छ।”

प्रकाशित : शुक्रबार, साउन ०८, २०७८१५:२७

अब ब्लुबुक नवीकरण अनलाइनबाटै, ब्लुबुक बोक्न पनि नपर्ने !