अब ब्लुबुक नवीकरण अनलाइनबाटै, ब्लुबुक बोक्न पनि नपर्ने !

काठमाडौँ – शुक्रबारबाट यातायात व्यवस्था सूचना प्रणाली लागू भएको छ। बागमती प्रदेशले शुक्रबारबाट यातायात व्यवस्था सूचना प्रणाली लागू गरेको हो।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शुक्रबार आयोजित एक कार्यक्रमकाबीच यातायात व्यवस्था सुचना प्रणालीको शुभारम्भ गरे। यस प्रणाली लागू भएसँगै अब बागमती प्रदेशभित्र सवारी कर, जरिवाना लगायतका राजस्व भुक्तानीसँगै ब्लुकुब नवीकरण पनि अनलाइनबाटै गर्न सकिने भएको छ।

‘टिएमआइएस’ को प्रयोगबाट सेवाग्राहीले अब सवारीसाधनको राजश्व विवरण घरमै बसेर हेर्न र अनलाइनमार्फत दाखिला गर्न सकिने भौतिक पुर्वाधार विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोबाइलमा ‘नागरिक एप’ डाउनलोड गरेर त्यहाँ राखिएको ‘सवारी कर’ सेवाबाट यातायातसम्बन्धी सेवा लिन सकिनेछ। साथै यो सेवा वेबपोर्टलबाट पनि लिन सकिनेछ। त्यसको लागि मन्त्रालयले व्यवस्था गरेको वेबसाइटमा जानुपर्नेछ।

हट्यो ब्लुबुक बाेक्न पर्ने बाध्यता

यातायातसम्बन्धी जुनसुकै नविकरण तथा भुक्तानी अनलाइनबाट गरेपछि अब सेवाग्राहीले क्यूआरकोर्ड पाउनेछन्। उक्त क्यूआरकोर्डमा सवारी साधन सम्बन्धि सम्पूर्ण जानकारी रहनेछ। क्युआर कार्डलाई स्क्यान गरी ट्राफिकले ब्लुबुक चेकजाँच गर्ने र सेवाग्राहीको सम्पुर्ण जानकारी लिन सक्ने छन् । उक्त क्यूआरकोर्ड सवारीमा टास्ने वा मोबाइलमै राखेको खण्डमा ब्लुबुक बोक्नुपर्ने छैन।

प्रकाशित : शुक्रबार, साउन ०८, २०७८१६:०७

अभिनेत्री पूजा शर्मा यि युवकको प्रेममा? गर्छन प्रेम झल्काउने यस्तो कमेन्ट!