नेपाली सिने जगतमा पछिल्लो समयकी चर्चित अभिनेत्री पुजा शर्माले केहि दिन अगाडी अभिनेत्री प्रियंका कार्कीको युट्युब च्यानलमार्फत सार्वजनिक भएको अन्तर्वार्तामा आफु प्रेममा रहेको कुरा खुलासा गरेकी थिइन्।

जसमा उनले अभिनेता आकाश श्रेष्ठ आफ्नो साथी मात्रै रहेको बताउदै आफु अरु नै युवकसंग नजिक भएको र उसलाई बुझ्दैछु भनेकी थिइन्। उनले त्यसो भनेको केहि दिनपछि संचार माध्यममा उनको प्रेम सम्बन्धको खबर निकै आइरहेको छ। बताइएअनुसार पुजा शर्मा अहिले युद्ध बानिया नाम गरेका युवकसँग प्रेममा रहेकी छिन्।

साथै उनीहरु प्रेममा रहेको कुरा सामाजिक संजालमा गरिएको कमेन्टबाट पनि स्पष्ट हुन्छ। हालै पुजा शर्माले इन्स्टाग्राममा एक तस्विर शेयर गरेकी छिन्। जसमा युद्ध बानियाले ‘साना’ भनेर प्रेम झल्काउने कमेन्ट गरेका छन्।

त्यस्तै युद्ध बानियाको पोस्टमाअभिनेत्री शर्माले पनि कमेन्ट गरेकी छिन्।


