जब ओलीलाई माधव नेपालले बडामहाराजाधिराज भने …

काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओली माथि कटाक्ष गरेका छन्। शुक्रबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्नेक्रममा ओलीलाई महाराजधिराज भन्दै कटाक्ष गरेका हुन्।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले ओलीले आफू सहितका नेताहरुलाई आममाफी दिने भन्दै गरेको घोषणा बडामहाराजाधिराजको हुकुम जस्तै भएको बताए।

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३औँ स्मृति दिवसका अवसरमा आयोजित एर्क कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा बिहिबार माधव समूहलाई आममाफी दिने घोषणा गरेका थिए। बाटो बिराएका र भड्किएकालाई आममाफी भयो भन्ने ओलिको घोषणा थियो। ओलीको उक्त भनाई प्रति लक्षित गर्दै महाराजाधिराज खुशी भएर आममाफी दिएको भन्दै कम्युनिस्ट पद्धति यस्तै हो भन्ने प्रश्न समेत गरे।

“हिजो महामहिम श्री ५ बडामहाराजाधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाल लगायतका माननीय सदस्यहरूमाथि जति पनि स्पष्टीकरण सोधिएको छ, उनीहरुलाई आममाफी दिइन्छ। एम्नेस्टी इज ग्रान्टेड। हामी गद्‌गद् भयौं !”,नेपालले भने,”महाराजाधिराज खुशी हुनु भएको छ । हामीलाई आममाफी मिलेछ । नाच्नु पर्ने भयो, खुशी हुनुपर्ने भयो । यही हो पद्धति ? यसलाई कम्युनिस्ट पद्धति भनिन्छ ?”

प्रकाशित : शुक्रबार, साउन ०८, २०७८१७:५६

पोखरा–नेपालगञ्ज सिधा उडान ! कहिले कहिले ?