कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ ले पाइन मृगौला!

काठमाडौँ, हास्य टेलिश्रृखंला ‘मेरी बास्सै’ की ‘चम्सुरी’ अर्थात कलाकार पल्पसा डंगोलले मिर्गाैला पाउने भएकी छिन् । लामो समयदेखि किड्नीको समस्यासँग जुधिरहेकी पल्पसा विगत १ महिनादेखि  अस्पतालमा भर्ना भएर उपचार गराइरहेकी छिन् ।

 

दुवै मिर्गाैलामा समस्या भएपछि महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचाररत पल्पसा मृगौला पाएकी हुन्। नेपालमा मिर्गाैला दिन हाडनाता चाहिने कानुन भएकाले पल्पसालाई मिर्गाैला प्रत्यारोपणका लागि समस्या उत्पन्न भएको थियो ।

डंगोल परिवारले भारतमा उपचार गर्ने योजना बनाए पनि पल्पसको नेपालमै उपचार गर्ने इच्छा रहेको थाहा पाएपछि परिवारभित्रै मिर्गाैला खोजी सुरु गरिएको थियो । पारिवारिक स्रोतको अनुसार पल्पसाको लागि चार-पाँचजनाले मृगौला दिने भनेर आएका छन र मृगौला दाताहरूको स्वास्थ्य, ब्लड ग्रुपलगायत परीक्षण भइरहेको छ ।

स्वास्थ्य, ब्लड ग्रुपलगायत परीक्षण भैसकेपछि दुई दिनमा रिपोर्ट आउछ। त्यसपछि कसको मिर्गाैला प्रत्यारोपण गर्ने भनेर फाइनल हुनेछ।

प्रकाशित : शुक्रबार, साउन ०८, २०७८२०:४८

“ज्ञान प्रदान गरी अज्ञान हटाउने व्यक्ति नै गुरु”