बस्ने गरी फर्किए बेल !

एजेन्सी – युरो २०२० बाट बाहिरिएको २६ दिन पछि र टोटेनहममा ३ सय ७ दिन रहेपछि ग्यारेथ बेल रियल म्याड्रिड फर्किएका छन्। युरो पश्चात केहि समय छुट्टै मनाएर बेल सम्झौताको अन्तिम वर्ष बिताउन रियल म्याड्रिड पुगेका हुन्।

रियल म्याड्रिडका लागि केहि वर्ष देखि समस्याको विषय बनिरहेका बेलका लागि यस सिजन पनि खासै फरक हुने देखिँदैन। रियलले बेललाई लोनमा प्रिमियर लिग क्लब टोटेनहम पठाएर थोरै राहत पाएको थियो। लामो समय देखि टाउको दुखाई बनेका बेलले क्लबको टोलीमा मौका पाउने हुन् होइनन् भन्ने अझै स्पष्ट छैन।

बेल क्लबका सबै भन्दा बादी पारिश्रमिक लिने खेलाडी रहेका छन्। बेलको यो सिजन ट्रान्सफर हुने सम्भावना देखिँदैन। यस कारणले गर्दा बेलका कारण रियल थप आर्थिक भार खेप्न बाध्य हुने भएको छ। लगातार घाइते भइरहेका बेलालाई रियलले कतै पठाउन पनि सकिरहेको छैन।

बताइएअनुसार, बेल आफ्नो अन्तिम वर्ष रियलमै बिताउन चाहन्छन्। उनले अन्यत्र कतै जाने चाहने पनि व्यक्त गरेका छैनन्। सम्झौताको अन्तिम वर्ष रियलमै बिताएर सन्यास लिने उनको योजना रहेको छ।

रियलका नयाँ प्रशिक्षक कार्लो एन्सेलोटीले बेललाई क्लबको प्रथम टोलीमा कतिको उपयोग गर्छन् भन्ने पनि हेर्न बाँकी छ। पूर्व प्रशिक्षक जिनेदिन जिदानको पहिलो रोजाईमा पर्न नसकेका बेललाई एन्सेलोटी के गर्छन् भन्नेमा सबैको चासो छ।

“ग्यारेथले धेरै खेलेका छैनन्, तर उनले धेरै गोल भने पक्कै गरेका छन्।”,बेल बारे एन्सेलोटीले हालसालै भनेका छन्,”म उनलाई राम्ररी चिन्छु र, यदि उनी खेल्न प्रेरणा लिएर फर्किए भने उनले राम्रो सिजन बिताउनेछन्।”

प्रकाशित : शनिबार, साउन ०९, २०७८११:३७

पोग्बा बार्सिलोनामा कि पीएसजीमा ?