माधव नेपालको व्यंग्य प्रचण्डलाई गज्जब लाग्यो !

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेक वरिष्ठ नेता माधव कुमार नेपालको खुलेर प्रशंसा गरेका छन्।

शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई महाराजधिराजको संज्ञा दिँदै आलोचनामा उत्रिएका नेता नेपालको प्रचण्डले शनिबार खुलेर प्रशंसा गरेका हुन्। ओली माथि माधव नेपालले धेरै राम्रो व्यंग्य गरेको प्रचण्डले बताए।

प्रचण्डले भने,”हिजो माधवजीले बडो विल्कुल सही कुरा भन्नु भएछ के। वाफरे वाफ ! महाराजधिराजले आममाफी दिनुभयो, अब हामी नाच्ने होकी भन्नुभएछ, कति राम्रो के, बडो सटीक व्यंग्य”

प्रचण्डले ओली माथि व्यंग्य गरेकोमा माधव नेपाललाई धन्यवाद मात्र दिएनन्, ओली अहिले आएर ठेगान लागेको पनि बताए। ओलीको भ्रम र दम्भ दुबै तोडिएको प्रचण्डको भनाई छ।

के भनेका थिए माधव नेपालले ?

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३औँ स्मृति दिवसका अवसर राजधानीमा आयोजित एक कार्यक्रममा नेता नेपालले ओलीलाई महाराजधिराज भन्दै कटाक्ष गरेका थिए।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले ओलीले आफू सहितका नेताहरुलाई आममाफी दिने भन्दै गरेको घोषणा बडामहाराजाधिराजको हुकुम जस्तै भएको बताएका थिए।

“हिजो महामहिम श्री ५ बडामहाराजाधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाल लगायतका माननीय सदस्यहरूमाथि जति पनि स्पष्टीकरण सोधिएको छ, उनीहरुलाई आममाफी दिइन्छ। एम्नेस्टी इज ग्रान्टेड। हामी गद्‌गद् भयौं !”,नेपालले भनेका थिए,”महाराजाधिराज खुशी हुनु भएको छ । हामीलाई आममाफी मिलेछ । नाच्नु पर्ने भयो, खुशी हुनुपर्ने भयो । यही हो पद्धति ? यसलाई कम्युनिस्ट पद्धति भनिन्छ ?”

प्रकाशित : शनिबार, साउन ०९, २०७८१२:१४

गठबन्धन फुटाउन लागेको आरोप लगाउने प्रचण्डलाई भीम रावलको कडा काउन्टर !