भड्किए पीएसजी समर्थक, सन् २०१८ को अन्तर्वार्ताले पोग्बालाई अहिले पोल्यो !

एजेन्सी – म्यानचेस्टर युनाइटेडका फ्रेन्च स्टार फुटबलर पल पोग्बा पछिल्लो समय फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन(पीएसजी) जाने चर्चा छ। तर पीएसजीका समर्थक भने पोग्बालाई पीएसजीमा देख्न चाहँदैनन्।

फ्रेन्च लिग १ महारथी पीएसजीले पोग्बालाई मूख्य ट्रान्सफर टार्गेट बनाएपनि केहि पीएसजी समर्थकले त्यसको विरोध गरेका हुन्। फ्रान्सेली संचार माध्यमहरुका अनुसार केहि समर्थकहरुले पोग्बालाई पीएसजीबाट टाढा रहन सुझाव दिएका छन्।

शनिबार पीएसजीका समर्थकहरुले ब्यानर सहित पोग्बालाई एक दिएको स्पेनिस मिडिया मार्काले जनाएको छ। उसका अनुसार क्लबका समर्थकले शनिबार पार्क डेस प्रिन्सेस स्टेडियम अगाडी पोग्बालाई पीएसजी नआउन सुझाव सहितको ब्यानर प्रदर्शन गरेका थिए। ब्यानरमा लेखिएको थियो,”पोग्बा, तिमीले आफ्नी आमालाई सुन्नुपर्छ। उनी यहाँ तिम्लाई देख्न चाहन्नन्। न त हामी नै चाहन्छौं।”

पीएसजी समर्थकले यसो भन्नुका पछाडी एक कारण रहेको छ। सन् २०१८ मा पोग्बाले दिएको अन्तर्वार्ताका क्रममा उनले आफू कहिले पनि पीएसजीका लागि खेल्न नचाहने बताएका थिए।

“मा स्पष्ट छु कि म पार्क डेस प्रिन्सेसमा फुटबल खेल्न चाहन्न।”,पोग्बाले एक अन्तर्वार्ताका क्रममा भनेका थिए,”म पीएसजीमा खेल्न आकर्षित छैन। किनकि मेरो बुबा र आमा मार्सेलीका समर्थक हुनुहुन्थ्यो। त्यसैले पेरिस वास्तवमै मेरो योजना भित्र पर्दैन।”

पोग्बा पीएसजी आउने सम्भावना कति ?

पछिल्लो अवस्थालाई हेर्दा पोग्बा पीएसजी जना सक्ने उच्च सम्भावना देखिन्छ। सन् २०२२ मा सकिँदै गरेको सम्झौतालै नवीकरण गर्न उनले अस्विकार गरिसकेको अवस्था छ। त्यस्तै पीएसजीले पनि पोग्बा माथि ५० मिलियन युरो आसपास रकम लगाउने तयारी गरिरहेको छ। आउने वर्ष नै पोग्बाको सम्झौता सकिने हुँदै युनाइटेडले अहिले नै बिक्री गर्न सक्ने उच्च सम्भावना देखिन्छ।

प्रकाशित : आइतबार, साउन १०, २०७८१०:१२

अन्तराष्ट्रिय स्तरमा राम्रो प्रदर्शन नगर्ने भनिने मेस्सीले कुन देश विरुद्ध कति गोल गरेका छन् त ?