अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी हाल अन्तराष्ट्रिय स्तरमा रोनाल्डोपछि दोस्रो सबैभन्दा बढी गोल गर्ने सक्रिय खेलाडी हुन्। उनले उत्कृष्ट प्रदर्शनको मद्दतमा नै अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका उपाधि जित्न सफल भएको छ।
३४ वर्षीय स्ट्राइकरले प्रतियोगिताभर ४ गोल गर्नुका साथै ५ असिस्ट पनि प्रदान गरे। अर्जेन्टिनाको १५ औं कोपा अमेरिका उपाधि मेस्सीको करियरको पहिलो अन्तराष्ट्रिय उपाधि हो। कोपा अमेरिका २०२१ मा गरेको ४ गोलसँगै मेस्सीको अन्तराष्ट्रिय गोल सङ्ख्या ७६ पुगेको छ। जससँगै उनी युएइका अली मबखोउतका साथै अन्तराष्ट्रिय स्तरमा सबैभन्दा बढी गोल गर्ने सक्रिय खेलाडीको सूचीमा दोस्रो स्थानमा उक्लन सफल भएका छन्। पहिलो स्थानमा १०९ गोल गरेका पोर्चुगिज कप्तान लियोनल मेस्सी रहेका छन्।
उनले गरेको ७६ गोल मध्ये सबैभन्दा बढी ६ गोल दक्षिण अमेरिकी राष्ट्र इक्वेडर विरुद्ध गरेका छन्। त्यस्तै, ब्राजिल, उरुग्वे, पाराग्वे, चिल्ली र बोलिभिया विरुद्ध ५-५ गोल गरेका छन्। ६ पटक का ब्यालुन डी ओर विजेता मेस्सीले आफ्नो पहिलो अन्तराष्ट्रिय गोल २००६ मा क्रोएशिया विरुद्धको मैत्रीपूर्ण खेलमा गरेका थिए।
आफ्नो लामो र प्रख्यात अन्तर्राष्ट्रिय करियरमा मेस्सीले छ पटक अन्तर्राष्ट्रिय ह्याट्रिक गर्न सफल भए, एक ब्राजिल विरुद्ध पनि गरेका छन्। मेस्सीले अन्तराष्ट्रिय स्तरमा कुन राष्ट्र विरुद्ध कति गोल गरेका छन् त ? हेर्नुहोस्…..
विपक्षी | गोल सङ्ख्या |
---|---|
इक्वेडर | ६ |
ब्राजिल | ५ |
उरुग्वे | ५ |
चिल्ली | ५ |
पाराग्वे | ५ |
बोलिभिया | ५ |
भेनेजुएला | ४ |
नाइजेरिया | ३ |
हाइटी | ३ |
पानामा | ३ |
गुएटेमाला | ३ |
स्विजरल्याण्ड | ३ |
कोलम्बिया | ३ |
मक्सिको | ३ |
निकारागुवा | २ |
हंगकंग | २ |
स्पेन | २ |
अल्जेरिका | २ |
क्रोएशिया | २ |
सर्बिया एण्ड मोन्टेनेग्रो | १ |
फ्रान्स | १ |
पोर्चुगल | १ |
अल्बानिया | १ |
जर्मनी | १ |
स्लोभेनिया | १ |
इरान | १ |
युएसए | १ |