घट्यो सुनचाँदीको मुल्य, नेपाली बजारमा यस्तो छ आजको भाउ!

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। हप्ताको पहिलो दिन अर्थात् आइतबार  सुनको मूल्य घटेको हो।

नेपाल सुन चाँदी व्यावसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९२ हजार रुपैयाँ कायम भएको छ।

त्यस्तै नेपाली बजारमा आज तेजाबी सुनको मूल्य पनि तोलामा १ सय रुपैयाँले नै घटेको छ। आज तेजाबी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ।

हप्तामा सुनको मूल्य

यस हप्ता छापावाला सुन ९१ हजार ८ सय देखि ९३ हजार २ सय रुपैयाँ सम्ममा कारोबार भयो। त्यस्तै तेजाबी सुन भने ९१ हजार ३ सय देखि ९२ हजार ७ सय रुपैयाँ सम्ममा कारोबार भयो।

चाँदीको मूल्य

सुन मात्र नभई आज चाँदीको मूल्य पनि घटेको  छ। नेप्पल सुन चाँदी व्यावसायी महासंघका अनुसार नेपाली बजारमा आज चाँदीको मूल्य रु १० ले घटेर १२ सय ७० रुपैया  कायम भएको छ।

प्रकाशित : आइतबार, साउन १०, २०७८१२:१०

नेप्सेमा भारी वृद्धि, नौ कम्पनीको शेयरमा सकारात्मक सर्किट ! कुन-कुन ? [सूची सहित]