काठमाडौं उपत्यकामा निषेधाज्ञा थप, झनै कडा बनाउने तयारी !

काठमाडौँ – काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञा कडा बनाइने भएको छ। कोरोना भाइरसको संक्रमण दर पुनः बढ्न थालेसँगै काठमाडौँ उपत्यकामा निषेधाज्ञा कडा बनाउने तयारी गरिएको हो।

उपत्यकाका तीनै जिल्लाका निषेधाज्ञा कडा बनाउने विषयमा तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु छलफलमा जुट्ने भएका छन्। आइतबार अपराह्न काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्न लागेको खबर प्राप्त भएको छ। सो बैठकले निषेधाज्ञाको सम्बन्धमा निर्णय गर्नेछ।

गत वैशाख १६ मा सुरु भएको निषेधाज्ञा पछिल्लो समय खुकुलो पारिएको छ। निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या लगातार बढिरहेको छ।

प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्नुअघि आज तीनैवटा जिल्लाको जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठक बस्नेछ। सो बैठकले गरेको सिफारिसका आधारमा प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निर्णय गर्नेछ।

प्रकाशित : आइतबार, साउन १०, २०७८१२:३४

प्रियंकामाथि गालीको वर्षा भैरहदा सासु रविनाले गरिन यस्तो पोस्ट, भए सबै अचम्मित!