पति राज कुन्द्राको बचावमा शिल्पा शेट्टी: इरो-टिका बनाएको होलान् तर पो-र्न हैन !

पो-र्न फिल्म निर्माणको आरोपमा पक्राउ परेका राज कुन्द्राको बचावमा उनकी पत्नी तथा बलिउड अभिनेत्री शिल्पा शेट्टी खुलेर अगाडी आएकी छिन्। उनले आफ्ना पति निर्दोष भएको दाबी गरेकी छिन्। गत मंगलबार शिल्पाका पति राजलाई पुलिसले आपत्तिजनक भिडियो बनाएर केहि एपमा साझा गरेको आरोपमा पक्राउ गरेको थियो।

यसबारे बोल्दै शिल्पाले आफ्ना पति निर्दोष भएको बताएकी छिन्। उनले आफ्ना पतिले पो-र्न नभएर इरो-टिका निर्माण गर्ने गरेको बताएकी छिन्। त्यस्तै, राजको ह-ट’शट भन्ने एपसँग कुनै सम्बन्ध नरहेको पनि शिल्पाको भनाई छ।

मुम्बई क्राइम ब्रान्चले शुक्रबार जुहु स्थिति उनकै घरमा शिल्पासँग पुछताछ गरेको थियो, जसमा शिल्पाले आफ्ना पतिको बचाव गरेको खबर छ। शिल्पाले दिएको बयान अनुसार उनका पति कुनै पनि प्रकारको अ-श्लि’ल भिडियो निर्माणमा संलग्न थिएनन्।

शिल्पाले आफ्नो बयानमा आफ्ना पतिको कम्पनीले शर्ट फिल्म तथा वेब सिरिज निर्माण गर्ने गरेको बारे मात्र जानकारी भएको बताएकी छिन्। त्यस्तै, इरो-टिकाको बारेमा बोल्दै उनले यो कामोत्तेजक हुनसक्ने तर पो-र्न नभएको बताइन्।

प्रकाशित : आइतबार, साउन १०, २०७८१३:३५

जब धर्मेन्द्रले आफ्नै छोरा सनीकी प्रेमिकालाई किस गरे …