काठमाडौँ । अभिनेत्री प्रियंका कार्की सामाजिक संजालमा निकै सक्रिय छिन् । उनि अहिले आफ्नो गर्भावस्थामा रमाईरहेकी छिन्। अभिनेत्री प्रियंकाको सामाजिक संजालमा बेला-बेलामा चर्चा र आलोचना हुने गर्छ। त्यस्तै प्रियंकाले आफु गर्भवती भएको कुरा खुलासा गरेदेखि उनको चर्चा भन्दा बढी आलोचना र टिका टिप्पणी हुदै आएको छ।

अभिनेत्री प्रियंकाले हालै आफ्ना साथीहरुसंग स्विमसुटको तस्विर इन्स्टाग्राममा पोस्ट गरेकी थिइन्। जुन तस्विर सार्वजनिक हुनसाथ उनीमाथि अधिकांश गालीको बर्षा भएको थियो। प्रियंकाको यो क्रियाकलापको बिषयमा नेपाली फिल्मकर्मीहरु मौन रहेपनि उनकी सासु रविनाले देशराज श्रेष्ठले भने उनलाई साथ दिएकी छिन्।

रविना लेख्छिन, ‘मेरो प्यारी पिन्कु उनीभित्र बढिरहेको जीवनसंग एकदम सुन्दर देखिएकी छिन। उनि स्विमिङ गर्न बिकिनी रोज्छिन, जसमा उनि राम्री र सहज र खुशी देखिन्छिन्। विशेष गरी तिम्रो यो तस्विर मनपर्यो। छिट्टै दहि चिउरामा भेटौला।’

प्रियंकाकी सासुले यसरी खुलेर उनको साथ दिएपछि धेरैले रविनाको तारिफ गरेका छन भने केहि अचम्मित भएका छन्।

