संसदीय समितिमा माधव नेपाल पक्ष र ओली पक्षका सांसद आमने-सामने, भयो लफडा !

काठमाडौँ – नेकपा एमाले विवाद संसदीय समितिमा समेत पुगेको छ। पार्टी भित्र रहेको चरम विवाद आइतबार संसदीय समितिमा समेत प्रवेश गरेको हो।

आइतबार बसेको संसदीय समितिको बैठकमा माधव नेपाल पक्ष र केपी शर्मा ओली पक्ष बीच भनाभन नै भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद नारदमुनि रानाले बोल्ने क्रममा संसद अदालतले पुनःस्थापना गरिदिएको बताएपछि ओली पक्षका सांसद र माधव नेपाल पक्षका सांसद बीच भनाभन भएको हो। भनाभन हुँदा माधव नेपाल पक्षलाई नेपाली कांग्रेस तथा माओवादी केन्द्रका सांसदहरुले समेत साथ दिएका थिए।

के भएको थियो?

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा आइतबार नेता नेपाललगायतले बोलेपछि ओली खेमाका सांसद नारदमुनि रानाको बोल्ने पालो आयो। रानाले अहिलेको संसद र सरकार परमादेशले बनाएको बताए। उनले संसद् चाहिनेहरू वैशाख २७ गते प्रधानमन्त्री केपी ओलीले विश्वासको मति लिइरहेका बेला कहाँ थिए भनी प्रश्न गरे ।

“आफ्नो पार्टीको प्रधानमन्त्री हुँदा घरमा गएर सुत्ने अनि संसद् चाहिन्छ भन्ने ? यो संसद् अदालतले ल्याएको हो, जनताले होइन । वरिष्ठ नेताहरूले जिम्मेवारी लिनुपर्छ ।”,उनी भन्दै थिए।

त्यतिकैमा नेपाल पक्षका सांसद दीपकप्रकाश भट्ट पड्किए, लगतै माधव नेपालले पनि मुख खोले। माधव नेपाल सहितका सांसदले ‘प्रतिगमनका मतियारहरू बाहिर जानुस्’ भने।

एमाले वरिष्ठ नेता माधव नेपालले प्रतिगमनको पक्ष लिने व्यक्ति समितिमा बस्न लायक नभएको भन्दै आक्रोश व्यक्त गरे । नालाई बैठकबाट निकाल्न सभापति पवित्रा निरौलाको ध्यानाकर्षण समेत गराए। सभापति निरौलाले समिति कुनै राजनीतिक पार्टीको बैठकस्थल नभएकोले समितिले दिएको विषयमा केन्द्रीत हुन आग्रह गरिन्।

प्रकाशित : आइतबार, साउन १०, २०७८१५:०१

ओलीको दावी – “केहि दर्जन बाहेक सारा नेपाली मेरो पक्षमा छन्”