दिनभर रंग परिवर्तन गरिरहने पहाड: तस्बिर देखेर भन्नुहुनेछ,’छेपारो भन्दा कम छैन’!

हामि तपाईहरुलाई यस्तो पहाडको बारेमा बताउछौ जसले दिनभरमा छेपारो जसरी आफ्नो  रंग परिवर्तन गरिरहन्छ । तपाइहरुलाई विश्वाश  नलाग्न सक्छ तर यो वास्तविक हो । यस रंगी बिरंगी दुनियामा अनौठो कार्य गर्ने एक पहाड छ।

यस पहाडलाइ उलुरु पहाड या आयर्स रक पनि भनिन्छ । यो पहाड अष्ट्रेलियाको उत्तरी क्षेत्रमा अवस्थित छ र बिहान देखि बेलुकासम्म धेरै पटक यसले आफ्नो रंग परिवर्तन गर्छ । मौषम जस्तोसुकै होस तर यसले आफ्नो रंग परिवर्तन गरिरहन्छ ।

एक किलोमिटर क्षेत्रमा फैलिएको यस पहाडको रंग सामान्यतया रातो देखिन्छ । यस पहाडले बिहानको सुर्यदयपछि मात्र रंग परिवर्तन गर्न थाल्दछ। बिहान देखि बेलुका सम्ममा यस पहाड कहिले पहेँलो, कहिले सुन्तला रंग, कहिले रातो र कहिले बैजनी हुन्छ। यसमा एकै रंग हल्का देखि गाढा सम्म देखिन्छ ।

यस पहाडको  रंग परिवर्तन हुनुमा शुर्यबाट आउने किरण हो । जसको कारण यस पहाडको  रंग परिवर्तन भैरहन्छ ।

यस पहाडको रंग मौषम परिवर्तन हुदा पनि रंग परिवर्तन हुन्छ ।

 यो पहाड बालुवाबाट बनेको ढुंगाको हो । यस अण्डाकार पहाडको शुन्दर्ताको कारण युनेस्कोले यसलाई विश्व सम्पदाको सुचीमा राखेको छ ।

प्रकाशित : आइतबार, साउन १०, २०७८१७:५६

इनार खन्दा भेटियो ४० करोड वर्ष पुरानो विशाल मणि, लगभग १२ अर्ब मूल्यवान !