दिपकको कडा व्यंग्य – ‘सहि ठाउँमा सहि मान्छे, स्वास्थ्य मन्त्रालयमा खाइलाग्दो मान्छे’

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा सांसद उमेश श्रेष्ठलाई नियुक्त गरेका छन्। आइतबार देउवाले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका हुन्।

राज्यमन्त्रीमा श्रेष्ठलाई नियुक्त गरिएपछि सामाजिक संजालमा देउवाको आलोचना शुरु भएको छ। शिक्षा तथा स्वास्थ्य क्षेत्रमा ठूलो लगानी रहेका श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरिएको भन्दै आलोचना शुरु भएको हो।

यसै बीच चर्चित कलाकार दिपक राज गिरीले श्रेष्ठको नियुक्तिलाई लिएर सामाजिक संजाल मार्फत व्यंग्य गरेका छन्। नेपाली कांग्रेसले सहि ठाउँमा सहि मान्छे लैजान्छ भनेको सुनेको थिएँ, हो रहेछ भन्दै गिरीले व्यंग्य गरेका हुन्। गिरीले फेसबुकमा कम्यूनिस्ट सरकारविरुद्ध लेखेर कांग्रेस भएकोमा अब कांग्रेस विरुद्ध लेखेर कम्यूनिष्ट हुने पालो आएको उल्लेख गरेका छन्।

“कम्यूनिस्ट सरकारविरुद्ध लेखेर कांग्रेस भइयो अब कांग्रेसविरुद्ध लेखेर कम्यूनिष्ट हुने पालो आयो ! कांग्रेसले सहि ठाउँमा सहि मान्छे लैजान्छ भन्थे सुन्या थिए हो रहेछ, स्वास्थ्यमन्त्री भनेर मोटो घाटो खाइलाग्दो मान्छे छानेरै छोड्यो..”,गिरीले फेसबुकमा लेखेका छन्।

प्रकाशित : आइतबार, साउन १०, २०७८२२:५२

अझै ३ दिन भारी वर्षा हुने !