दीपकराज गिरीको प्रहार- ‘पहिला कम्यूनिष्ट लेखेर कांग्रेस भएँ, अब कांग्रेस विरुद्ध लेखेर कम्यूनिष्ट हुने पालो’

कलाकार तथा निर्माता दीपकराज गिरी समय समयमा नेपाली राजनैतिक विषयमा झटारो हाने गर्छन्। सामाजिक सञ्जाल मार्फत ब्यङ्ग्यात्मक रूपमा हरेक विषयमा प्रहार गर्न माहिर छन् दीपक। उनको यहि बिस्दासपनका कारण प्राय: चर्चामा रहनेछन्। कहिले प्रशंसा बटुल्न सफल हुन्छन् त कहिले विवादमा मुछिन्छन्।

त्यस्तै, पछिल्लो समय दीपकले सामाजिक सञ्जाल फेसबुक मार्फत एक पोस्ट गर्दै प्रधानमन्त्री शेरबहादुर देउबाको निर्णय प्रति झटारो हानेका छन्। आइतबार कांग्रेस सभापति समेत रहेका नव नियुक्त प्रधानमन्त्री देउबाले स्वास्थ्य राज्यमन्त्रीका रूपमा उमेश श्रेष्ठलाई नियुक्त गरेका छन्। प्रधानमन्त्री देउबाको यहि निर्णय प्रति ब्यङ्ग्य गर्दै दीपकराजले एक पोस्ट गरेका छन्।

उनले कम्यूनिष्ट सरकारकाविरुद्ध लेख्दा कांग्रेस भइएको थियो अब कांग्रेसको सरकार विरुद्ध लेखेर कम्यूनिष्ट हुने पालो आएको भनेका छन्। त्यस्तै, उमेश श्रेष्ठ स्थ्य राज्यमन्त्री पद दिएको विषयमा लेख्दै कांग्रेसले सही ठाउँमा सही मान्छे लैजान्छ भन्ने कुरा सहि रहेछ भन्दै स्वास्थ्यमन्त्री मोटो घाटो मानिसलाई नै नियुक्त गरेको बताएका छन्।

उनी फेसबुकमा लेख्छन्,”कम्यूनिस्ट सरकार बिरूद्द लेखेर कॉग्रेस भइयो अब कॉग्रेस बिरूद्द लेखेर कम्यूनिष्ट हुने पालो आयो! कॉग्रेसले सहि ठॉउमा सहि मान्छे लैजान्छभन्ने सुन्या थिए हो रहेछ ,स्वास्थ्य मन्त्री भनेर मोटो घाटो खाइलाग्दो मान्छे छानेरै छोड्यो..”

प्रकाशित : सोमबार, साउन ११, २०७८१२:५४

हेटर्सप्रति प्रियंकाको कडा प्रहार: “मेरो पेटले नै देशमा तहल्का मच्चाउने रैछ, म खास मानिस पो रहेछु त “