मञ्जुश्री फाइनान्सको संस्थापक शेयर बिक्रीमा, कहिलेसम्म आवेदन दिन मिल्ने ? शेयर मूल्य कति ?

मञ्जुश्री फाइनान्स लिमिटेडको संस्थापक समूह अन्तर्गतको १२ हजार ५८७ कित्ता शेयर बिक्री गरिने भएको छ। संस्थाले जारी गरेको सूचना अनुसार संस्थापक शेयरको प्रति कित्ता न्यूनतम मूल्य ३०० रुपैयाँ तोकिएको छ।

यहि साउन १४ गते देखि भदौ ८ गते सम्म आवेदन दिन मिल्ने उक्त शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम शेयर सङ्ख्यामा भने कुनै हद नरहेको बताइएको छ। संस्थापक शेयर खरिद गर्न चाहने योग्य विद्यमान संस्थापकहरु वा जो कोहि व्यक्ति, कम्पनी, संस्थाहरुले समयमै आवेदन दिन सक्नेछन्।

आवेदन दिनको लागि कम्पनीले बिक्रि प्रबन्धक तोकेको एनआइबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट पुग्ने गरी आफूले लिन चाहेको कित्ताको प्रति कित्ता डर रेटका साथ सम्पूर्ण विवरण खुलस्त हुने गरी गोप्य शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सकिनेछ।

प्रकाशित : सोमबार, साउन ११, २०७८१४:५१

ऐतिहासिक विन्दुमा पुगेको नेप्से आज ओरालो लाग्यो, सात कम्पनीको शेयरमा सकारात्म्क सर्किट !