साउन महिना भोले भण्डारीको पूजाका लागि धेरै विशेष मानिन्छ। यस महिनाको सोमबार उपवास गरेर शिवलिंगको जलाभिषेक गर्नाले भोलेनाथ छिट्टै प्रसन्न हुन्छन्। भनिन्छ कि साउन महिना भगवान शिवको निकै प्रिय महिना हो। त्यसैले, यस महिना जो मानिसले स्वच्छ मनले भोलेनाथको पूरा-आराधना गर्छ उसको हरेको मनोकामना पूरा हुन्छ। ज्योतिषशास्त्रमा शिव पूजाको विशेष महत्त्व छ किनकि शिव मन्त्रको जपले मानिसको जीवनमा खराब ग्रहहरूको प्रभाव कम हुन्छ। ज्योतिषशास्त्र अनुसार ३ राशिका मानिसमा भगवान शिवको विशेष कृपा रहन्छ। जान्नुहोस् साउनको महिनामा कुन-कुन ३ राशिका मानिसको जीवनमा भगवान शिवको विशेष कृपा रहन्छ त…..
मेष राशि

मेष राशिको स्वामी ग्रह मंगल हो। मेष राशि भगवान भोलेनाथको निकै प्यारो राशि हो। यस राशिका मानिसमा सधैं उनको शुभ दृष्टि रहन्छ। मेष राशिका मानिसहरूलाई सधैं शिवको आशीर्वादका कारण यस राशिका मानिसको जीवनमा खुशी र समृद्धि रहन्छ। शिव जीलाई प्रशन्न पार्नको लागि यस राशिका मानिसले सोमबारको दिन शिवलिंगमा जलाभिषेक गर्नुपर्दछ।
मकर राशि
![]()
मकर राशिको स्वामी ग्रह शनि हो। मकर राशि पनि भगवान शिवको प्रिय राशि मध्ये एक हो। यस राशिमा शनि तथा शिव दुबैको कृपा हुन्छ। यस राशिका मानिसको जीवनमा आउने हरेको समस्यालाई दूर गर्न भगवान शिवको आशिर्वाद रहन्छ। साउन महिनामा यस राशिका मानिसहरूले शिवको विशेष पूजा गर्नुपर्दछ।
कुम्भ राशि

कुम्भ राशिको स्वामी ग्रह पनि शनि हुन्। शनिदेवलाई दुई राशिको स्वामीका रूपमा मानिन्छ। शनिको यस राशिमा शिवको आशिर्वाद पनि सधैं रहन्छ। साउन महिनामा कुम्भ राशिका मानिसहरूले शिव पूजा गर्नुपर्छ। कुम्भ राशिका मानिसको लागि साउन महिनामा ओम नमः शिवाय जप गर्नु निकै शुभ हुन्छ। कुम्भ राशिका मानिसले यो महिनामा दान दिनु निकै राम्रो हुन्छ।

