ह्वात्तै बढ्यो कोरोना संक्रमण दर, २४ घण्टामा ३४२१ जना संक्रमित थपिए !

पछिल्लो २४ घण्टामा थप ३ हजार ४२१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ६ लाख ८२ हजार ९४७ पुगेको छ भने एन्टिजेन विधिबाट ५५ हजार ९७१ जनामा संक्रमण पुष्टि भएको छ।

थप १२ हजार २४० जनाको पिसिआर परीक्षण तथा ५ हजार ३२ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट २ हजार ३९१ तथा एन्टिजेनबाट १ हजार ३० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या ३५ लाख ५१ हजार ३२३ जना पुगेको छ । हालसम्म ६ लाख ४५ हजार ३०१ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर १ हजार ६८६ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९४ दशमलप ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण २५ जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या ९ हजार ७३८ पुगेको छ।

प्रकाशित : सोमबार, साउन ११, २०७८१६:४५

कोभिड-१९ को तेस्रो लहरसँग लड्न तयार रहन स्वास्थ्य मन्त्रालयको निर्देशन [सूचना सहित]