कोभिड-१९ को तेस्रो लहरसँग लड्न तयार रहन स्वास्थ्य मन्त्रालयको निर्देशन [सूचना सहित]

कोरोना माहामारीको तेस्रो लहर आउन सक्ने भन्दै हरेक प्रदेशमा अक्सिजन सिलिन्डर व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशका सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै प्रत्यक प्रदेशका सम्बन्धित निकायलाई यसबारे जानकारी गराएको हो। श्री सामाजिक विकास मन्त्रालय, प्रदेश नं.१, विराटनगर, प्रदेश नं.२, जनकपुर्, बागमती प्रदेश, हेटौंडा, कर्णाली प्रदेश, सुर्खेत र सुदुर पश्चिम प्रदेश, कैलाली तथा श्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गण्डकी प्रदेश, पोखरा र लुम्बिनी प्रदेश, बुटवललाई उल्लेख गर्दै मन्त्रालयले सूचना जारी गरेको हो।

जारी सूचनामा स्वास्थ्य मापदण्ड पालना र निषेधाज्ञाका बाबजुद पनि कोरोना संक्रमण दरमा कमी नआएको भन्दै तेस्रो लहरको खतरा रहेको समेत बताइएको छ। जसकारण भविष्यमा निम्तिन सक्ने खतराको सामना गर्नको लागि कम्तीमा १ हजार वटा अकसिजन सिलिन्डर तयारी अवस्थामा राख्न मन्त्रालयले निर्देशन दिएको छ। यसका साथै मौजुदा सिलिन्डर खाली नराख्न र अक्सिजन पीएसए प्लान्ट, अक्सिजन ट्यांक तथा अक्सिजन कन्सनट्रेटर चालु र चुस्त अवस्थामा राख्न पनि जानकारी गराइएको छ।

प्रकाशित : सोमबार, साउन ११, २०७८१७:४८

असोजसम्म एक करोड ५ लाख खोप आउने !