आज फेरी घट्यो सुनको मुल्य, ५ दिन यताकै सस्तो भाउ!

काठमाडौँ, आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार बढेको सुनको मूल्य मंगलबार घटेको हो । साताको पहिलो दिन नै घटेको सुनको मूल्यमा दोस्रो दिन अर्थात सोमबार सामान्य वृद्धि भएको थियो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ३  सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको  मूल्य ९१ हजार ८  सय रुपैयाँ कायम भएको छ।

त्यस्तै नेपाल बजारमा आज तेजाबी सुनको मूल्य पनि तोलामा ३  सय रुपैयाँले नै घटेको  छ । आज तेजाबी सुन ९१ हजार ३  सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

५ दिन यताकै सस्तो:

गत हप्ता छापावाला सुनको मूल्य सबैभन्दा बढी ५ गते अर्थात्  मंगलबार ९३ हजार २ सय पुगेको थियो भने सबैभन्दा सस्तो ७ गते बिहिबार ९१ हजार ८ सयमा कारोबार भएको थियो। त्यस्तै  तेजाबी सुनको मूल्य पनि ५ गते मंगलबार ९२ हजार ७ सय र सबैभन्दा सस्तो ७ गते बिहिबार ९१ हजार ३ सय कायम भएको थियो।

चाँदीको भाउ

आज चाँदीको मूल्य भने स्थिर नै रहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार यता चाँदीको भाउ स्थिर रहेको छ आइतबार र सोमबार  १२ सय ७० मा कारोबार भएको चाँदी आज पनि सोहि भाउमा कारोबार भइरहेको छ।

प्रकाशित : मङ्गलबार, साउन १२, २०७८११:५९

६० करोड बराबरको आइपिओ खुल्दै, कति कित्ता भर्ने?