जब रोनाल्डोले आफू फुटबलको राजा भनेर देखाइदिए [भिडियो सहित]

च्याम्पियन्स लिगमा स्पेनिस क्लब एथलेटिको म्याड्रिड विरुद्धको दुई लेगमा युभेन्टस स्टार क्रिस्टियानो रोनाल्डोको अविस्मरणीय प्रदर्शनको भिडियो अहिले दुई वर्षपछि फेरी एक पटक निकै भाइरल भइरहेको छ।

२० फेब्रुअरी, २०१९ को दिन च्याम्पियन्स लिगको अन्तिम-१६ को पहिलो लेगमा एथलेटिको म्याड्रिडले इटालियन महारथी युभेन्टस विरुद्ध २-० को जीत निकाल्न सफल भयो। स्पेनिस क्लबका लागि जोसे हिमिनेज र डिएगो गोडीनले गर्दै इटालियन क्लब विरुद्ध ऐतिहासिक जीत निकाल्न सफल भए।

उक्त जीत एथलेटिको म्याड्रिडका फ्यान्सका लागि निकै खुसीको क्षण रहेको थियो। स्पेनिस प्रशंसकले खेल चलिरहँदा तथा खेलपछि पनि रोनाल्डोलाई जिस्जाउँदै भने,”रोउ, रोउ, टुरिन फिर्ता जाउ अनि रोउ!” त्यस्तै, खेलपछि एक म्याड्रिड फ्यानले भने,”बाइ,बाइ, इटाली जाउ! फर्केर आउनु पर्दैन।”

म्याड्रिड समर्थकको यस्तो व्यवहार रोनाल्डोलाई कतै मन परेन। जसपश्चात् उनले आफ्नो हातका पाँच औंला देखाएर आफूले पाँच पटक उक्त प्रतियोगिता जितेको र उनीहरुको क्लबले एक पटक पनि नजितेको इशारा गरे।

उक्त घटनाको ३ हप्तापछि युभेन्टसले आफ्नो घरेलु मैदानमा ३-० को जीत निकाल्न सफल भयो र रोनाल्डोले ह्याट्रिक गरे। म्याड्रिड विरुद्ध मीठो बदला लिएका रोनाल्डोको मद्दतमा युभेले एथलेटिकोलाई समग्रमा ३-२ ले पराजित गर्दै प्रतियोगिताको अर्को चरणमा प्रवेश गर्यो। स्पेनिस पत्रिका मार्काका अनुसार रोनाल्डोले खेलअघि नै आफ्ना परिवारलाई आफूले खेलमा ह्याट्रिक गर्ने बताएका थिए।

यो घटना भएको २ वर्ष भन्दा बढी भइसकेको छ तर ५ पटकका ब्यालुन डी ओर विजेताको उक्त भिडियो अहिले फेरी एक पटक निकै चर्चामा आएको छ। “बेस्ट रोनाल्डो भिडियो एभर” नामक यो भिडियो अहिले निकै भाइरल भइरहेको छ।

प्रकाशित : मङ्गलबार, साउन १२, २०७८१३:२९

ओलम्पिकमा नेपाली पौडीवाज एलेक्सले बनाए किर्तिमान !