भारतमा १३२ दिनपछि थप कोरोना सङ्क्रमितको संख्या ३० हजार भन्दा कम !

१२ साउन – भारतमा पछिल्लो २४ घण्टामा थप २९ हजार ६८९ जनामा कोरोना सङ्क्रमण भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ । यहाँ १३२ दिनपछि थप कोरोना सङ्क्रमितको संख्या ३० हजार भन्दा कम भएको पनि सो मन्त्रालयले जानकारी दिएको छ ।

हाल भारतमा तीन लाख ९८ हजार १०० जना सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाइएको छ । गत २४ घण्टाको अवधीमा भारतमा कोरोना सङ्क्रमणको कारण ४१६ जनाको मृ-त्यु भएको छ । यसैसँगै यहाँ कोरोना शुरुभएदेखि हालसम्म कोरोनाबाट मृ-त्यु हुने व्यक्तिको संख्या चार लाख २१ हजार ३८२ पुगेको पनि स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ ।

गत २४ घण्टामा यहाँ ४२ हजार ३६३ जना व्यक्ति कोरोना मुक्त भएपछि कुल तीन करोड ६ लाख २१ हजार ४६९ व्यक्ति कोरोना भाइरस मुक्त भएका छन् । सङ्क्रमणमुक्त भएकाहरुको यो सङ्ख्या ९७.३९ प्रतिशत हो । अधिकारीहरूका अनुसार भारतमा अहिलेसम्म ४४ करोड १९ लाख भन्दा बढी डोज खोप कोरोनाभाइरसविरुद्ध लगाइएको छ । त्यसैगरी देशभरी अहिलेसम्म ४५ करोड ९१ लाख व्यक्तिको कोभिड–१९ परीक्षण गरिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित : मङ्गलबार, साउन १२, २०७८१३:२४

कांग्रेसको १४औँ महाधिवेशन : आठ लाख ५२ हजारलाई क्रियाशील सदस्यता